logo

खाद्य कम्पनीले दसैंमा ४ करोड ३७ लाखको खसीबोका र च्यांग्रा बेच्यो

    322   पटक पढिएको


१ कात्तिक/अर्थ र व्यापार – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालीको दसैंमा करिब ४ करोड ३७ लाख रुपैयाँ बराबरको खसीबोका र च्यांग्रा बेचेको छ । लक्ष्यभन्दा कम खसीबोका र च्यांग्रा बिक्री गरेको छ ।
दसैंका लागि सो कम्पनीले १५०० वटा खसीबोका र ३ सय च्यांग्रा खरिद गरेर बिक्री गर्ने लक्ष्य राखेको थियो । कम्पनीले २० असोज देखि २४ असोजसम्म खसीबोका र च्यांग्रा बिक्री गरेको थियो । कम्पनीले सो अवधिमा ४ करोडभन्दा बढीको खसीबोका र च्यांग्रा बिक्री गरेको छ । कम्पनीका अनुसार ४ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरको १०४५ वटा खसी, १४७ वटा बोका र २८४ वटा च्यांग्रा बिक्री भएका छन् । सो कम्पनीले ९१ लाख ८३ हजार रुपैयाँको च्यांग्रा, ३ करोड ८ लाख ३३ हजार रुपैयाँको खसी र ३७ लाख ३९ हजारको बोका बिक्री भएको जनाएको छ ।
खाद्य कम्पनीले खसीबोका र च्यांग्रा खरिदका लागि करिब ३ करोड रुपैयाँ छुटाएको थियो । उपभोक्ताको माग अनुसार कम्पनीले मकवानपुर, दाङ र सर्लाही लगायतका ठाउँबाट खसीबोका खरिद गरेको हो । सो खसीबोकाको बिक्री मूल्य छुटसहित ६ सय ६० र च्यांग्राको मूल्य १ हजार २सय २० रुपैयाँ तोकिएको थियो ।
कम्पनीले मुस्ताङबाट च्यांग्रा खरिद गरेको हो । कम्पनीका अनुसार १५ वटा सेतो च्यांग्रा फिर्ता गरिएको थियो। खरिद गरेर ल्याइएको एउटा च्यांग्रा र ४ वटा खसीबोका मरेको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीले खरिद गरेका च्यांग्रा नबिक्दा लामो समयसम्म राखेर सस्तो भाउमा बेचेको थियो । यसपाली ४ दिनमा सबै खसीबोका बिक्री भएको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।