logo

सेबोनले छिट्टै नेतृत्व पाउँछ : अर्थमन्त्री

    283   पटक पढिएको


६ भदौ/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोड (सेबोन) ले छिट्टै नेतृत्व पाउने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपानले) आयोजना गरेको अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
सेबोन लामो समयदेखि नेतृत्वविहीन हुँदा धेरै काम रोकिएको बताउँदै उनले निःस्वार्थपूर्ण तरिकाले छिट्टै योग्य व्याक्तिलाई अध्यक्षमा छान्ने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले नेपालमा रहेका जलस्रोतको भरपुर सदुपयोग गर्नुपर्ने बताएका छन् । ‘हाम्रो देशमा भएका नदी प्रणालीलाई सही सदुपयो कसरी गर्न सकिन्छ भन्नेमा हामीले विशेष ध्यान दिनुपर्छ,’ उनले भने, नदी प्रणालीको सही सदुपयोगले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’
उनले नेपालमा उत्पादन भएको ऊर्जा आन्तरिकरूपमा नै खपत बढाउने बताए । ‘आन्तरिकरूपमा खपत भएर बचेको उर्जा मात्रै बेच्ने नीति सरकारले लिएको छ,’ उनले भने । उनले निजी क्षेत्रका आयोजनामा पनि विदेशी लगानी भित्र्याइनुपर्ने बताए । त्यसमा पनि ऊर्जा खपत अधिकतम् मात्रामा हुने कम्पनीलाई भित्र्याउन विशेष जोड दिनुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।