logo

एक वर्षमा ४३४ उद्योग दर्ता, लगानी २ खर्ब १ अर्ब

    273   पटक पढिएको


१३ साउन/अर्थ र व्यापार – सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा सबैप्रकारका गरी ४ सय ३४ वटा उद्योगलाई सञ्चालनका लागि अनुमति दिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागका अनुसार गत् आर्थिक वर्षमा स्वदेशी तथा विदेशी गरी ४ सय ३४ वटा उद्योगलाई सञ्चालनका लागि अनुमति दिइएको हो ।
यस्ता उद्योगहरुमा कूल प्रस्तावित लगानी २ खर्ब १ अर्ब ८१ करोड रुपैयाँ छ । विभागका प्रवक्ता अर्जुनसेन ओलीका अनुसार सो आर्थिक वर्षमा ठूलो लगानीको उद्योगतर्फ ८० वटालाई सञ्चालनका लागि अनुमति दिने लक्ष्य भएकोमा ४९ वटालाई अनुमति दिइएको छ ।
यसैगरी, मझौलातर्फ ८५ वटा लक्ष्य तोकिएकोमा ५२ वटालाई अनुमति प्रदान गरिएको छ । त्यसैगरी साना उद्योगतर्फ २ सय वटा तोकिएकोमा ३ सय ३३ वटा साना उद्योग सञ्चालनका लागि अनुमति प्रदान गरिएको छ ।
साना उद्योगतर्फ लक्ष्यभन्दा १ सय ३३ वटा बढि उद्योग सञ्चालनको लागि अनुमति पाएको हो । वितेको असार महिनामा मात्रै ५७ वटा साना उद्योगले सञ्चालनको लागि अनुमति पाएका छन् ।
सञ्चालनका लागि अनुमति प्राप्त गरेका उद्योगहरुले २५ हजार ५ सय ५१ जनालाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराउने प्रस्तावना पत्रमा उल्लेख गरेका छन् । विभागका अनुसार गत् आर्थिक वर्षमा ४ सय २ वटा वैदेशिक लगानीमा उद्योग सञ्चालनका लागि अनुमति प्राप्त गरेका छन् ।
गत असार महिनामा मात्रै ४८ वटा वैदेशिक लगानीको उद्योगले अनुमति पाएका छन् । यस्ता वैदेशिक लगानीको उद्योगहरुमा ६१ अर्ब ७८ करोड रुपैयाँ लाग्ने प्रस्ताव गरिएको छ । वैदेशिक लगानीमा सञ्चालनका लागि अनुमति प्राप्त गरेका उद्योगहरुबाट १९ हजार ५ सय ६५ जनाले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गर्ने बताइएको छ ।
यो अवधीमा २ वटा प्याटेण्ट दर्ता भएको छ भने ११ वटा डिजाइन दर्ता भएको छ ।

विभागले त्यो वर्षमा ६ हजार ५१ वटा टे«डमार्क दर्ता गरेको छ । असारमा मात्रै ५ सय ५७ वटा टे«डमार्क दर्ता भएको थियो । यस्तै ५१ वटा उद्योग सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण गर्ने काम सम्पन्न भएको छ । प्रवक्ता ओलीका अनुसार गत आर्थिक वर्षमा १ सय १३ वटा टे«डमार्कसम्बन्धी मुद्दामा कारवाही गरिएको छ । असारमा मात्रै २० वटामाथि यस्तो कारवाही गरिएको थियो । सो अवधीमा ८५ वटा सरोकारवालालाई वस्तु निर्यातका लागि सर्टिफिकेट अफ ओरिजिन पनि प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।