logo

हामी काम भइरहेको छ भन्न होइन काम सकियो भन्न आतुर छौं: प्रधानमन्त्री ओली

सुनाए सरकारको ५ प्राथमिकता

    282   पटक पढिएको



६ साउन/अर्थ र व्यापार – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको ५ प्राथमिकता रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले थालेको काम पूरा गर्ने, काम गर्ने क्षमता अभिवृद्धि गर्ने, मूल्यांकन प्रणाली बलियो बनाउने, नीतिगत सुधार गर्ने र निर्माण व्यवसायीको भुक्तानी समयमा नै दिने आफ्नो सरकारको प्राथमिकता सुनाएका हुन् ।
नेपालका धेरै विकास आयोजनाहरु वर्क इन प्रोग्रेस (काम भइरहेको छ) मात्र रहेको भन्दै उनले भने, ‘यो सरकार काम भइरहेको छ भन्न होइन थालेको काम सकियो भन्नेर सुनाउन आतुर छ ।’
प्रधानमन्त्री ओलीले विकास आयोजनामा काम भइरहेको देखिने तर कहिल्यै नसकिने देखिएको भन्दै यस्ता आयोजनालाई समेत राष्ट्रिय गौरवमा राखिएको भन्दै आश्चर्य व्यक्त गरे । ‘कहिले सक्छु भन्ने टुंगो नलाग्ने तर राष्ट्रिय गौरवको आयोजना भनिने, अब हामी विकासका मामिलामा देखिएको यस्तो अनुशासनहीनताको अन्त्य गर्छौं’, उनले भने ।
उनले सरकारको काम गर्ने क्षमता पनि बढाउने बताए । हरेक मन्त्रालयले आफ्नो काम व्यवस्थित ढंगले गर्नुपर्ने र मन्त्रालयको कार्यक्षमता सूचक बनाउने र बजेट खर्चको मूल्यांकनका लागि विशेष व्यवस्था गर्ने प्रधानमन्त्री ओलीले बताए । उनले सरकारको खर्च गर्ने क्षमता बढाउने, काम गर्ने र नगर्ने कर्मचारीबीच फरक छुट्याउने प्रधानमन्त्रीले बताए ।
‘काम गर्नेले मुद्दा खेप्नुपर्ने र काम नगर्नेहरु स्वच्छ छविको भएर रिटायर्ड हुने वातावरण अन्त्य गरिनेछ’, उनले भने । लापरवाही र बदनियतसाथ गरिएको अनुचित विलम्बका कारण आयोजनाको लागत बढेमा कारबाही गर्ने र ठेक्काको दुरुपयोग गर्नेलाई पनि कारबाही गर्ने उनले बताए । प्रधानमन्त्री ओलीले विकास निर्माणको कामलाई तिब्रता दिन कानुन र नीतिको सुधार गर्ने र निर्माण व्यवसायीले गरिसकेको कामको भुक्तानी छिट्टै दिन पनि ओलीले बताए ।
यसैगरी, उनले सिंगो मुलुक चरम निराशामा पुगेकाले त्यो निराशा चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थकि बृद्धिका लागि सरकारले काम गर्ने बताए ।
आइतबार प्रतिनिधिसभा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताए । ’सिंगोदेश चरम निराशामा छ । २०४६ सालपछि चरम निराशा पुग्यो । अर्थतन्त्र डामाडोल छ ।
१४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतशित राजस्व कम उत्पादन भएको छ’ प्रधानमन्त्री ओलीले भने । उनले अहिले बैंकमा पैसा थुप्रिएको तर कुनै पनि व्यवसायी लगानी गर्न तत्पर व्यवसायी नरहेको बताए । ’ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पुग्ने अवस्था छ । सरकार स्टन्टबाज भयो । सरकार थुन्ने अनि सुन्ने काम भयो भन्ने कुरा लिएर व्यवसायीहरूले काम गर्ने अवस्था नै भएन । व्यवायीहरू मरिच झैं चाउरिएका छन’ प्रधानमन्त्री ओलीले भने,’त्यसैले जनतामा आशा र उत्साह भर्नका लागि तीव्र आर्थिक बृद्धिका लागि लगेको हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।