logo

फास्ट ट्रयाक अन्तर्गत १६ सय १२ मिटर लामो लेनडाँडाको दोस्रो सुरुङमार्ग पनि छेडियो

    387   पटक पढिएको


२१ असार/अर्थ र व्यापार – तराई/मधेश द्रुतमार्गअन्तर्गत लेनडाँडामा निर्माणाधीन दायाँपट्टिको सुरुङमार्ग पनि छिचोलिएको छ । मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने १६ सय १२ मिटर लामो सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।
लेनडाँडामा आउने र जाने छुट्टाछुट्टै अर्थात् जोडी सुरुङ निर्माण भइरहेका छन् । त्यसमा बिहीबार निजगढबाट काठमाडौंतर्फ आउने (दायाँ)तर्फको सुरुङमार्ग छिचोलिएको हो । बायाँतर्फ अर्थात् काठमाडौंबाट निजगढतर्फ जाने १६ सय ३३ मिटर लामो सुरुङमार्ग भने गत ४ जेठमा नै छिचोलिएको थियो ।
योसँगै लेनडाँडाको दायाँ–बायाँकै सुरुङमार्ग छिचोलिएको छ । बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गर्दै उनले तोकिएको समयमा सुरुङमार्ग छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गरे । आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मिहिनेतका कारण सफलता मिलेको बताउँदै उनले तोकिएकै समयमा आयोजना सम्पन्न गर्न पनि निर्देशन दिए ।
अब छिचोलिएका सुरुङमार्गलाई केही समय होल्ड राखेर फिनिसिङ (कालोपत्रे, भित्ता ढलानलगायत)को काम प्रारम्भ गरिनेछ । द्रुतमार्गमा बन्ने कुल ६ वटा सुरुङ आयोजनामध्ये अहिले लेनडाँडासहित धेद्रे र महादेवटार गरेर तीन सुरुङमार्ग परियोजना निर्माणाधीन छन् । २०७८ जेठयता सो तीन सुरुङमार्ग खन्न सुरु भएको थियो । त्यसमा धेद्रे सुरुङमार्गअन्तर्गतको १६ सय ५३ मिटर लामो निजगढबाट काठमाडौंतर्फ आउने (दायाँ) टनेल गत ११ जेठमा छिचोलिसकिएको छ ।
अब धेद्रेमा काठमाडौंबाट निजगढतर्फ जाने (बायाँ) सुरुङ र महादेवटारको दुवैपट्टिको सुरुङ छिचोल्न बाँकी छ । त्यसमा धेद्रेको बायाँ सुरुङ साउन तेस्रो सातासम्म छिचोलिने नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले जानकारी दिए । कुल १७ सय २८ मिटर लामो हुने सो सुरुङको १५ सय ६४ मिटर खण्ड सम्पन्न भइसकेको छ ।
सो सुरुङमार्गको अब एक सय ६४ मिटर खण्ड मात्रै खन्न बाँकी छ, साउन तेस्रो सातासम्म छिचोलिने उनको भनाइ छ । उनले महादेवटारको सुरुङ छिचोल्न भने अझै तीन–चार महिना लाग्न सक्ने बताए । महादेवटारमा बन्ने सुरुङमार्ग द्रुतमार्गमा बन्ने अन्य सुरुङभन्दा लामा छन् । त्यसमा निजगढबाट काठमाडौंतर्फ आउने (दायाँ) सुरुङ ३३ सय २२ मिटर लामो हुनेछ, त्यसमा हालसम्म दुई हजार २९ मिटर खण्ड सकेको छ । अब महादेवटारको दायाँ सुरुङमार्गमा १२ सय ९३ मिटर खण्ड खन्न बाँकी छ ।
यसैगरी, काठमाडौंबाट निजगढ जाने (बायाँ) सुरुङमार्ग भने ३३ सय ८६ मिटर लामो हुनेछ, त्यसमा हालसम्म २२ सय ८८ मिटर खण्ड खनिसकिएको नेपाली सेनाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । त्योअनुसार बायाँ सुरुङमा अब एक हजार ९८ मिटर खण्ड खन्न बाँकी छ, उक्त खण्ड खन्न अझै तीन–चार महिना समय लाग्ने सूचना अधिकारी केसीले बताए ।
सेनाले ड्रिल–विस्फोट मोडेलमा यी सुरुङहरू खन्दै आएको छ । पहिला ड्रिल गरेर निश्चित ठाउँमा विस्फोटक पदार्थ राखिन्छ । त्यसपछि त्यसलाई विस्फोट गरेर सुरुङ खनिन्छ ।
योबाहेक द्रुतमार्गमा थप तीनवटा सुरुमार्ग निर्माण गर्ने योजना छ । त्यसमा एक हजार मिटरको देवीचौर सुरुङमार्ग र तीन सय ९० मिटरको सिसौटा सुरुङमार्गको डिजाइनको काम भइरहेको छ ।
यसैगरी, २२ सय ५० मिटरको चन्द्राम भिर सुरुङमार्गको डिजाइन अन्तिम चरणमा पुगेको छ भने प्रवेशदार निर्माणको तयारीको काम पनि सुरु गरिएको छ । यी तीनै ठाउँ आउने–जाने छुट्टाछुट्टै अर्थात् दोहोरो टनेल नै निर्माण हुनेछ ।
नेपालमा थप दुईवटा सुरुङ निर्माणाधीन छन् । नागढुंगामा दुुई हजार ६ सय ८८ मिटर लामो मुख्य र दुई हजार पाँच सय ५७ मिटर लामो रेस्क्यु टनेल निर्माणका चरणमा छन् । त्यसमा २२ साउन ०८० मा रेस्क्यु र ३ वैशाख ०७१ मा मुख्य टनेलको ब्रेक थ्रु भइसकेको छ । यसबाहेक सिद्धार्थ राजमार्गको पाल्पामा एक हजार एक सय २६ मिटर लामो सुरुङ खन्ने काम पनि गत माघदेखि सुरु भइसकेको छ ।
हालसम्म आउँदा आयोजनाको समग्र भौतिक प्रगति भने ३४.८२ प्रतिशत र वित्तीय प्रगति भने ३६.६० प्रतिशत पुगेको सेनाको तथ्यांकमा उल्लेख छ । फास्ट ट्रयाकको समग्र काम भने कमजोर देखिएको छ । कालीगण्डकी करिडोरलगायत परियोजनामा राम्रो प्रतिक्रिया पाएको सेनाले यस आयोजनाको निर्माण भने सन्तोषजनक ढंगले अगाडि बढाउन सकेको छैन । यसको निर्माण निकै सुस्त देखिएको सरोकारवाला बताउँछन् ।
यद्यपि, सुरुङमार्ग छिचोलिएपछि यसको निर्माण द्रुतगतिमा अघि बढ्ने बताइएको छ । संशोधित डिपिआरअनुसार ७०.९७ किलोमिटर लामो द्रुतमार्गको निर्माण गर्ने जिम्मेवारी २१ वैशाख २०७४ मा नेपाली सेनालाई दिइएको थियो । त्यसपछि सरकारले १ भदौ ०७६ मा यसको डिपिआर स्वीकृत गरेसँगै निर्माण सुरु गरिएको थियो । यद्यपि, सेनाले ०७४ बाटै काम सुरु गरेको थियो ।
पहिला पुस २०८१ मा सक्ने भनिएको यसको म्याद थप गरेर चैत २०८३ सम्म पु¥याइएको छ । यसको संशोधित लागत दुई खर्ब दुई अर्ब दुई करोड छ । यो आयोजना बनेपछि प्रतिघण्टा ६० किमिदेखि सय किमिको गतिमा निजगढबाट काठमाडौं एक घण्टा दुई मिनेटमा आउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।