logo

सरकारले तोक्यो धानको न्युनतम समर्थन मूल्य

मोटाको प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ, मध्यमको ३५ सय ८० मूल्य निर्धारण

    351   पटक पढिएको


२१ असार/अर्थ र व्यापार – सरकारले आगामी आर्थिक वर्षका लागि धानको न्युनतम समर्थन मूल्य तोकेको छ। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि धानको न्युनतम सर्मथन मुल्य निर्धारण गरेको हो ।
मन्त्रिपरिषद् बैठकले गरेको निणर्य अनुसार मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोकिएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को निणर्य सुनाउने क्रममा यस्तो जानकारी दिएकी हुन्। उनका अनुसार उद्योग मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोकिएको हो। उद्योगमन्त्री दामोदर भण्डारीले भने बुधबार नै राजीनामा दिइसकेका छन्।

मन्त्रिपरिषद् बैठकले चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा एकीकृत जाँच चौकी र अरनिको राजमार्गको चौथो चरणको मर्मतको सम्भाव्यता अध्ययन गर्न प्राप्त भएका पत्रमा सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय समेत गरेको छ।
अहिले प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बसेको हो । नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएसँगै बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अहिले एमालेका सबै मन्त्रीले राजीनामा दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।