logo

लचिलो मौद्रिक नीति आउँछ भनेर भविष्यवाणी नगर्दा हुन्छ : गभर्नर अधिकारी

    422   पटक पढिएको

११ असार/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति आउँछ भनेर भविष्यवाणी नगर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज ( सेजन) को ‘ पूर्व मौद्रिक नीति सम्बन्धी छलफल’ कार्यक्रममा गभर्नर अधिकारीले यस्तो आग्रह गरेका हुन् ।
उनले राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि लचिलो मौद्रिक नीति सार्वजनिक गर्दैछ भनेर अहिलेदेखि नै बाहिर हल्ला भइरहेको बताउँदै त्यस्तो भविष्यवाणी नगर्न आग्रह गरे ।
‘मौद्रिक नीति तथ्यांकमा आधारित भएर आउँछ, लचिलो मौद्रिक नीति आउँछ भनेर कसैले पनि भविष्यवाणी नगरौं, तथ्यांक र तथ्यमा आधारित भएर मौद्रिक नीति आउँछ,’ उनले भने ।
उनले मौद्रिक नीतिको आफनै सीमा हुने भएकोले सोही सीमा भित्र रहेर सार्वजनिक हुने धारणा राखे । लोन टू भ्यालू रेसियो बढाउन÷घटाउन भनेर माग भइरहेको बताउँदै उनले आफ्नो व्यक्तिगत स्वार्थका लागि सुझाव नदिन पनि आग्रह गरे ।
उनले मौद्रिक नीति कसैको स्वार्थमा भन्दा पनि अर्थतन्त्रको आवश्यकताको आधारमा मौद्रिक नीति आउने बताए । उनले बैंकिङ क्षेत्रका विषयमा कुनै गुनासो र समस्या भएमा प्रत्यक्ष राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरे । उनले चालु पुँजी कर्जा मार्गदर्शनलाई देखाएर विरोध नगर्न पनि आग्रह गरे । उनले कुनै बैंकले गैरकानुनी रुपमा कर्जामा कमिसन लिएको छ भने पनि राष्ट्र बैंकमा सूचना दिन आग्रह गरे । ‘बैंकमा कर्जा लिदाँ कमिसन लिने गरेको गुनासो सुनियो, त्यो गुनासोलाई राष्ट्र बैंकले तत्काल सम्बोधन गर्छ, यो विषय बैंकिङ क्षेत्रका लागि ठूलो विषयय हो, प्रमाण लिएर राष्ट्र बैंक आउनुहोस् त्यस्ता बैंकलाई तत्काल कारवाही गर्छु,’ उनले भने ।

समस्या र चुनौतीसँग बैंकरले जुध्न सक्नुपर्ने धारणा राख्दै उनले राष्ट्र बैंकको सही नियमन गरेकै कारण पनि बैंकिङ प्रणाली जोगिएको बताए । यसैगरी,गभर्नर अधिकारीले मुद्रास्फीति माथि हुँदा मौद्रिक नीति स्वाभाविक रूपमा कडा हुने बताए ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले तथ्यमा आधारित रहेर नीति बनाउने गरेको बताए । ‘अहिले बजारमा अपेक्षा सुन्दा निजी समस्यालाई जनरलाइज गरेको देखिन्छ । आफ्नो समस्याबाट उम्किन राष्ट्र बैंकतर्फ बढी आशातित भएको देखिन्छ,’ गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकका आफ्नै सीमितता छन् । हामी नीति निर्माताको उद्देश्य कसैलाइ पनि ऋणमा डुबाउने होइन, धान्न सक्नेमात्र ऋण लिने अवस्था बनाउने हो ।’
चालुपूँजी कर्जा मार्गदर्शनसँग सम्बन्धित नीतिले कुनैपनि व्यक्तिलाई ऋण लिन नरोक्ने उनले बताए । यसमा निजी क्षेत्रले अझै राम्रोसँग नबुझेकाले बुझाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
विरोधका लागि विरोध होइन, जहाँ समस्या छ, राष्ट्र बैंकमा आउनुस्, समस्या समाधानमा आफुहरु तयार रहेको बताउँदै गभर्नर अधिकारीले भने, ‘बैंकमा ऋण लिँदा कमिसन लिइन्छ भन्ने गुनासो यो फोरममा सुनियो, यो ठूलो बैंकिङ अपराध हो । राष्ट्र बैंकका लागि यो गम्भीर विषय हो । प्रमाण सहित ल्याउनुस्, नभए फोरम पाएँ भन्दैमा जे पनि बोल्न पाइन्न।’
गभर्नर अधिकारीका अनुसार बैंकरलाई सजिलो छ । जहाँ नाफा छ त्यहीँ लगानी गर्छ, तर राज्यको उद्देश्य त्यो होइन । राज्यले साना उद्योग र साना ऋणीलाई संरक्षण गर्नुपर्छ । बजारबाट आएका समस्यासँग डराउन नहुने भन्दै उनले बैंकका म्यानेजरहरूलाई यो अवसरको ट्याकल गर्न आग्रह गरे ।
‘नियमन हुँदैमा आत्तिनु पर्दैन, सहकारीको समस्या नियमन अभावले नै आएको हो । नियमनले सिस्टम जोगाएको छ । विश्वास जोगाएको छ । नियमन आवश्यक छ, हामी त्यही अनुसार गरिरहेका छौं । मौद्रिक नीतिको तयारीका क्रममा हामी सुझावहरूलाई सम्बोधन गर्ने छौं’ गर्भनर अधिकारीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।