logo

आर्थिक गतिविधि सुस्ताउँदा दबाबमा बैंक, चालुपुँजी कर्जा मार्गदर्शनमा पुनरावलोकन गर्न सुझाव

    439   पटक पढिएको


९ असार/अर्थ र व्यापार – पूर्वबैंकर पर्शुराम कुँवर क्षत्रीले अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति डरलाग्दो अवस्थामा पुगेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन’ विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले आर्थिक गतिविधि सुस्त हुँदा त्यसले बैंकहरुको खराब कर्जाको बढ्न गई नाफा, पुँजीकोष र तरलतामा प्रभाव परेको बताए।
‘कमजोर नियमनले पनि बैंकको सम्पत्तिको गुणस्तर खस्कियो, बैंकबाट लिएको कर्जालाई अनुत्पादक क्षेत्रमा लगानी गर्न प्रश्रय मिल्यो, त्यसले सम्पत्तिको गुणस्तर खस्केर जोखिम सिर्जना भएको हो,’ उनले भने।
उनले बैंकहरुको खराब पाँच वर्षअघि १.८१ प्रतिशत रहेकामा अहिले ३.९८ प्रतिशत पुगेको भन्दै यसलाई ठूलो दबाबका रुपमा लिनुपर्ने बताए । उनका अनुसार २०७६ मा प्रोभिजनिङ ६९ अर्ब रहेकामा अहिले २ खर्ब ३३ अर्ब पुगेको छ । २०७६ मा गैरबैंकिङ सम्पत्ति साढे ६ अर्ब रहेकामा अहिले २७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
‘पाँच वर्षअघि रिटर्न अन इक्विटी (आरओई) प्रतिशत १२.५९ थियो, अहिले ७.६८ प्रतिशत छ,’ उनले भने, ‘यसले पनि बैंक कति दबाबमा छन् भन्ने देखिन्छ।’ उनले बैंकहरूको नाफामा गिरावट आउनुलाई पनि आर्थिक गतिविधिमा सुस्ततालाई मुख्य कारण भने। यसपालि १० वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ।
पूर्वबैंकर कुँवरले पुँजीकोषको दबाबकै कारण कर्जा नबढ्ने तर प्रोभिजनिङ बढ्ने अवस्था देखिएको बताए । उनले चालु पुँजी कर्जाको मार्गदर्शनमा पुनरावलोकन गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।