logo

खाद्यान्न आयातमा १० प्रतिशत अग्रिम आयकर लगाउनु उद्योगमाथिकै आक्रमण : अध्यक्ष दुगड

    321   पटक पढिएको


२३ जेठ/अर्थ र व्यापार – नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले सरकारले २०८१/८२ को आर्थिक विधेयकमार्फत दाल लगायतका खाद्यान्न आयातमा १० प्रतिशत अग्रिम आयकर लगाउनु उद्योगमाथिकै आक्रमण भएको बताएका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले सरकारी प्रावधान सरकारले नसच्च्याए ६ महिनाभित्र खाद्यान्न उद्योग बन्द हुने चेतावनी दिएका छन् ।
नयाँ कर नीतिले खाद्यान्नको भाउ २० प्रतिशतसम्म महँगिने भन्दै उनले यसले उद्योगीसँगै उपभोक्तामाथि राज्यले चरम अन्याय गरेको बताए । धानमा साढे २७ प्रतिशतसम्म कर लाग्ने अवस्थामा थप कर लगाउँदा उद्योग धरासायी हुने भन्दै उनले चिन्ता व्यक्त गरे।
हाल उद्योगहरू अहिले ३०–४० प्रतिशत संचालन भइरहेको अवस्थामा उद्योग जोगाउन १० प्रतिशत अग्रिम कर हटाउनुपर्ने भन्दै उनले सरकारसँग आग्रह गरे।
‘चामलमा बजेटपछि १ सय रुपैयाँ भाउ बढिसकेको अवस्थामा अग्रिम करका कारण थप १ सय रुपैयाँ बढ्छ। दालमा १०–१५ प्रतिशत भाउ बढ्ने स्थिति छ । यो दुःखद अवस्था हो। कर वृद्धिले भारतबाट अवैध आयात मौलाउने छ,’ दुगडले भने।
सरकारले दाल, चामल र मैदा उद्योगको कच्चा दाल, गेडागुडीमा १० प्रतिशत तथा धान र गहुँ आयातमा २.५ प्रतिशत अग्रिम आयकर लगाउने नीति लिएको छ । सरकारको यो नीतिविरुद्ध उद्योगीहरूले आवाज उठाइरहेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।