logo

अर्थमन्त्रीले भने: आमनागरिकमा आत्मविश्वास र आशा जगाउने बजेट बनाइएको छ,गणतन्त्र स्थापनापछिका १६ वर्षको उपलब्धि

    349   पटक पढिएको


१५ जेठ/अर्थ र व्यापार – अर्थमन्त्री वर्षमान पुनले आमनागरिकमा आत्मविश्वास र आशा जगाउने गरी बजेट बनाएको भन्दै संघिय संसदबाट आगामी आर्थिक वर्षको नयाँ बजेट प्रस्तुत गरेका छन्।
उनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा सरकारको निरन्तरको प्रयासका कारण अर्थतन्त्र चलायमान हुँदै गएको भन्दै आमनागरिकमा आत्मविश्वास र आशा जगाउने गरी बजेट बनाएको बताएका छन्। उनले नयाँ चरणको आर्थिक सुधारको आवश्यकता पनि औंल्याएका छन्।
अर्थमन्त्री पुनले गणतन्त्र आएपछि देशमा ठूलो विकास भएको बताएका छन् । उनले आर्थिक वर्ष ६४/६५ मा कूल गार्हस्थ्य उत्पादन ८ खर्ब १५ अर्ब रहेकोमा अहिले ५७ खर्ब ५ अर्ब पुग्ने अनुमान रहेको बताए ।
यस्तै, उनले प्रतिव्यक्ति आय ४९१ अमेरिकी डलरबाट बढेर १ हजार ४५६ पुगेको सुनाए । उनले उत्पादन ७०० मेगावाटबाट ३ हजार मेगावाटभन्दा बढी पुगेको, ५६ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको जानकारी गराए । गणतन्त्र आउनुअघि ५ हजार ४०० किलोमिटर सडक मात्रै कालोपत्रे भएको बताउँदै उनले गणतन्त्र आइसकेपछिको अवधिमा १८ हजार ४०० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको जानकारी गराए । यस्तै, २०६५ सालमा वाणिज्य बैंकका ५९१ शाखा रहेको सुनाउँदै अहिले ५ हजार ४२ वटा वाणिज्य बैंकका शाखा रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।