logo

राजस्व संकलन उत्साहजनक नहुँदा आन्तरिक सूचकमा सुधार हुन सकेन:अर्थमन्त्री

    353   पटक पढिएको


२५ चैत/अर्थ र व्यापार – अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष राजस्व संकलन उत्साहजनक नहुँदा अर्थतन्त्रका आन्तरिक सूचकमा सुधार हुन नसकेको बताएका छन्।
उनले आगामी आर्थिक वर्षको बजेट निर्माणबारे संवैधानिक निकाय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसद्का सचिवहरुको छलफल गरी राजस्वको लक्ष्य महत्वाकांक्षी राखिए पनि वृद्धि अपेक्षित नरहेको बताए।
चालु आर्थिक वर्ष ९ महिना वित्न लाग्दा राजस्वको वृद्धि ९ प्रतिशत हाराहारी मात्रै छ। सरकारले १४ खर्ब २२ अर्ब राजस्व संकलनको लक्ष्य लिएकामा बिहिबारसम्म ६ खर्ब ८० अर्ब ९४ करोड रुपैयाँ मात्र उठेको तथ्यांक छ।
‘चालु आर्थिक वर्ष पोहोरभन्दा ४१ प्रतिशत राजस्व संकलनको लक्ष्य राखिएकामा म आउँदा ९ प्रतिशत हारामारी मात्र वृद्धि रहेछ,’ पुनले भने।
उनले आफूले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि राजस्व संकलनमा सुधारका संकेत देखिएको दाबी गरे । उनी एक महिनाअघि अर्थमन्त्री नियुक्त भएका हुन्। उनले राजस्व चुहावट नियन्त्रणका लागि अर्थ र गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वयमा काम अघि बढाएको बताए।
अर्थमन्त्री वर्षमान पुनले संवैधानिक निकायका सचिवसँग राखेको बैठकमा प्रक्रिया पुगेर आएका पुरानो दायित्व भुक्तानीका फाइल मन्त्रालमा नरोक्ने प्रतिबद्धता जनाउँदै आफूले एक महिनामा सामाजिक सुरक्षा भत्ता, दूग्ध किसान र विकास आयोजनाको भुक्तानीका लागि ७० अर्ब निकासा गरेको जानकारी दिए।
उनले श्रोत सुनिश्चित भएका आयोजनामा समेत बजेट खर्च नभएको भन्दै त्यसको जवाफ राजनीतिक र प्रशासनिक नेतृत्वले दिनुपर्ने बताए । अध्ययन र तयारी नगरिएका तथा कार्यान्वयन हुन नसक्ने आयोजना आगामी आर्थिक वर्षको बजेटमा समावेश नगर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।