logo

निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार अघि बढ्छ:उपप्रधानमन्त्री महासेठ

    434   पटक पढिएको

२६ फागुन/अर्थ र व्यापार – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर आपसी सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।
शनिबार राजधानीमा सम्पन्न नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभामा उपप्रधानमन्त्री महासेठले यस्तो बताएका हुन । निजी क्षेत्र मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउने बलियो आधार भएको बताउँदै उनले आपसी सहकार्यकासाथ अघि बढेर निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।
सरकार र निजी क्षेत्रका बीच हातेमालो एवं आपसी सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने बताउँदै उपप्रधानमन्त्री महासेठले भने, ’देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ ।’ मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको बताए ।
उनले अब आर्थिक क्षेत्रमा विगतको भन्दा धेरै सुधार हुँदै जाने दावी गरे । उनले यसअघिको गठबन्धनमा प्रधानमन्त्रीले राम्रोसँग काम गर्न नपाएको भन्दै अब निजी क्षेत्रलाई संगै लिएर अघिबढ्न प्रधानमन्त्रीले आफुलाई निर्देशन दिएको बताए ।
‘हिजो पनि गठबन्धनको सरकार थियो, आज पनि गठबन्धनको सरकार छ । तर, गाडीमा यात्रागर्दा ड्राइभरलाई धेरै डिस्टर्ब ग¥यो भने गाडी एक्सिडेन्ट हुने सम्भावना हुन्छ । बसभित्र बस्ने यात्रुहरुले पनि बस सुरक्षित ठाउँमा पुग्नुपर्छ भन्ने जिम्मेवारी लिनुपर्छ । त्यसमा सचेत हुनुपर्छ । आशा गरौँ, अब विगतका दिनहरुमा भन्दा अलिकति सुधार हुँदै अघि बढ्नेछ’, उनले भने ।
महासेठले सरकार र निजी क्षेत्रबीच सहकार्य भए मात्र आर्थिक क्षेत्रमा फड्को मार्न सकिने बताए । ‘देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै होइन । नेपाल सरकारको पनि हो । जबसम्म नेपाल सरकार र निजी क्षेत्रको बीचमा एउटा सहकार्य हुँदैन, आर्थिक क्षेत्रमा हामी फड्को मार्न सक्दैनौं । निजी क्षेत्र मात्रै म अघि बढ्छु भनेर उहाँहरु सक्नुहुन्न । सरकारले निजी क्षेत्रलाई बाइपास गरेर जान्छु भयो भने पनि सफल हुँदैन’, उनले भने ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताए । उनले यसका लागि आफ्नो मन्त्रालय निजी क्षेत्रसँगै रहेको बताए । ‘निजी क्षेत्रसँग नजिकबाट सहकार्य गर्न सरकार तयार छ,’ मन्त्री भण्डारीले भने ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तयारी पोशाक तथा कृषिजन्य उत्पादनको निर्यात सहजीकरण गर्न, मुलुकमा लगानीको वातावरण निर्माण गर्न सुझाव दिए । उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा लैजान नदिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिनिधिसभा, उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य एवं संघका सदस्य गणेश पराजुलीले नेपालको निर्यातजन्य वस्तुको प्रमुख हिस्सा तयारी पोशाक रहेको उल्लेख गर्दै निर्यातमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे । उनले निर्यातमा अनुदान दिने व्यवस्थालाई थप व्यवस्थित बनाउन सुझाव पनि दिए ।
प्रतिनिधिसभाको उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य सीता मिजारले उद्योग व्यवसायलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै निकासी प्रबद्र्धनमा ध्यान दिन आग्रह गरिन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एकठाउँमा उभिनुपर्ने धारणा राखे । ‘हामी आग्रह गछौँ आर्थिक एजेण्डमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्छ’, महासंघका अध्यक्ष ढकालले भने, ‘रोजगारी, आर्थिक गतिविधि बढ्यो भने पछि राजनिति आफ्नो–आफ्नो ढंकगले गर्दै गरौँला ।’ उनले चैतमा हुन लागेको महासंघको वार्षिक साधारणसभामा सबै राजनितिज्ञ दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, प्रनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका सबैजलाई प्रतिनिधित्व हुनेगरि कार्यक्रम गर्न लागेको समेत जानकारी गराए ।
उनले उपप्रधानमन्त्री महासेठलाई निर्माण व्यावसायीको भुक्तानी जतिसक्दो छिटो दिन समेत आग्रह गरे ‘निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्छ’, ढकालले भने, ‘अब केबल नीतिको खाचो छ, काम गरेको बिल आएको कुराहरु सरकारले तुरुन्त भुक्तानी गर्छ भन्ने सन्देश सरकारले दिनुपर्छ ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नियात उद्योगलाई बैंकको ब्याजरमा सहुलियत दिनुपर्ने बताए । सरकारी नीति पनि कतिपय कुरामा निर्यात प्रवद्धनको लागि उपयुक्त नभएको भन्दै उनले निर्यात उद्योगलाई बैंकको ब्याजदरमा पनि सहुलियत दिनुपर्नेमा जोड दिए ।
उनले अहिले बैंकको ब्याज, झन्झटिलो प्रक्रिया लगायतका कुराहरुले गर्दा व्यवसायीले आफुले गरिहरेको व्यवसया समेत छाडेर विदेश जाने स्थितिमा पुगेको बताए
बगलादेश र हाम्रो ग्रामेन्ट उद्योग एउटै स्थानमा भएको तर, अहिले बगलादेशले हामीलाई छाडेको समेत मल्लले बताए । यस्तो हुनुमा नीतिगत रुपमा पनि केही समस्या भएको र त्यो समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए । मल्लले तयारी पोशाक उद्योग मुलुकको अर्थन्त्रको मेरुदण्डका रुपमा रहेकाले सरकारले यो क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पनि सरकारले नीजि क्षेत्रलाई उपक्षा गरेर कहिल्यै अगाडी बढ्न नसक्ने बताए ।
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोशाक उद्योगलाई प्रवद्र्धन गर्न नीतिगत सुधार, प्रक्रियागत सरलीकरण तथा व्यावसायिक वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले गत आवमा भारत तथा तेस्रो मुलुकमा करिब ९ अर्ब रुपैयाँ बराबरको तयारी पोशाक निर्यात भएको र तयारी पोशाक प्रमुख निर्यातजन्य वस्तुको सूचीमा रहेको जनाकारी दिए । उनले गलैँचा प्रथम र तयारी पोशाक दोस्रो स्थानमा रहेको जानकारी दिए ।
सन् १९८७ मा स्थापना भएको संघको शनिबार २९ औं साधारण सभा काठमाडौमा सम्पन्न भएको हो । संघमा हाल एकसय भन्दा बढी तयारी पोशाक उद्योगी आबद्ध छन् । तयारी पोशाक उद्योग क्षेत्रमा ४० हजार रोजगारी सृजना भएको संघले जनाएको छ ।
साधणसभाको अवसरमा उपप्रधानमन्त्री महासेठले सन् २०२२/२३ मा भारत तथा तेस्रो मुलुकमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने उत्कृष्ट ३ उद्योगलाई सम्मान प्रदान गरेका थिए । संघले सम्मान प्रदान गरेका यि उद्योगहरुले सो अवधिमा ट्राईक्रट इन्डस्ट्रिजले १ अर्ब १७ करोड रुपैयाँ, नेपाल फेसन प्रालिले ६६ करोड र पल्स फेसन सोलुसन प्रालिले ४३ करोड रुपैयाँको तयारी पोशाक निर्यात गरेका थिए । सोही अवसरमा संघको कार्यसमितिमा १० वर्षभन्दा बढी समय सेवा गरेका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।