logo

आयल निगमको कार्यकारी निर्देशकमा भट्ट र प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त

    436   पटक पढिएको


७ फागुन/अर्थ र व्यापार – नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा.चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन । आइतबार बसेको मन्त्रिपरिषद बैठकले निगमको कार्यकारी निर्देशकमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारको यस्तो निणर्यसँगै भट्ट निगमको कार्यकारी निर्देशकमा दोस्रोपटक प्रवेश गरेका हुन । सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन ।
यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि भट्ट सहित तीन जनाको नाम सिफारिस भएको थियो । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै तीन जनाको नाम अन्तिम सिफारिसमा परेको जानकारी दिएको थियो ।
गत २६ मंसिरदेखि रिक्त रहेको निगमको कार्यकारी निर्देशकका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट उद्योग मन्त्रालयले नवनियुक्त कार्यकारी निर्देशक भट्ट, डा.डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी गरी तीन जनालाई छनोट गरेको थियो ।
निगमको यसअघिका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि विगत दुईमहिना भन्दाबढी समयदेखि सो पद रिक्त रहेको थियो । आइतबार सरकारले अन्तिम छनोट सिफारिसमा परेका तीनजना प्रतिस्पर्धीहरु मध्येबाट गोरखाको भीमसेन थापा गाउँपालिका–१ का भट्टलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
सरकारको यस्तो निणर्यसँगै निगमको कार्यकारी निर्देशकमा भट्टको दोस्रो कार्यकाल हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पनि मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भट्टलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।
मन्त्रालयले गठन गरेको छनोट समितिले उनीहरुले पेसगरेको कार्ययोजना र अन्तर्वार्तापछि नवनियुक्त कार्यकारी निर्देशक भट्ट, चापागाईं र शत्रुघ्नप्रसाद पुडासैनीको नाम सिफारिस गरेको थियो।
सरकारी सेवामा सहसचिव पदमा कार्यरत भट्ट अहिले दोस्रोपटक निगमको कार्यकारी निर्देशक नियुक्त भएका हुन्। भट्ट १० वर्षअघि निगमको नेतृत्वमा रहेकामा तत्कालीन आपूर्तिमन्त्री सुनीलबहादुर थापाले २०७१ सालको माघमा हटाएका थिए ।
उनले यसअघिको आफ्नो ६ महिने कार्यकालमा पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली सुरु गरेका थिए । उनी २०७७ सालको भदौ देखि सेज प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कार्यरत छन्।
थानीले छोडेपछि निगम गत २६ मंसिरदेखि नेतृत्वविहीन थियो । यसअघिका कार्यकारी निर्देशक थानीले आफु राजनीतिमा जाने भन्दै गत २६ मंसिरमा पदबाट राजीनामा दिएका थिए । त्यसपछि उद्योग मन्त्रालयले गत ६ पुसमा नयाँ कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढाएको थियो। सोही प्रक्रिया अनुसार सरकारले आइतबार भट्टलाई निगमको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका–२०७८ अनुसारसमितिको ५ फागुनको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुको नाम वर्णानुक्रमका आधारमा मन्त्रालय समक्ष उनीहरुको नाम सिफारिस गरेको थियो ।
यसैगरी, मन्त्रिपरिषद्को सोही बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । प्राधिकरणको अध्यक्षका लागि भण्डारीसहित २५ जनाले निवेदन दिएका थिए । आफ्नो ७ महिना कार्यकाल बाँकी रहदै सरकारको दबाबमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले गत २४ पुसमा राजीनामा दिएका थिए । खनालको राजीनामापछि प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया सुरु भएको थियो ।
त्यसैगरी सो बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने निणर्य गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।