logo

नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच क्रसबोर्डर भुक्तानी थाल्न टीओआरमा भयो हस्ताक्षर

    466   पटक पढिएको


४ फागुन/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सुरु गर्ने सम्बन्धमा टर्म्स अफ रिफ्रेन्स (टीओआर) मा हस्ताक्षर भएको छ।
नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) र भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई)को इन्टिग्रेसनबाट अन्तरदेशीय कारोबार छिटो तथा सुरक्षित बनाउन दुई देशका केन्द्रीय बैंकबीच बिहीबार सम्झौता भएको हो।
सम्झौतासँगै अब नेपाल र भारतबीच हुने क्रसबोर्डर भुक्तानी नियमन गर्ने बाटो खुलेको छ। नेपाल र भारतबीच रेमिटेन्सको भुक्तानी छिटो र सुलभ दरमा गराउन समझदारी भएको छ। एनपीआई र युपीआईबीचको इन्टिग्रेसनले दुई देशबीचको वित्तीय कनेक्टिभिटी थप मजबुद बन्ने विश्वास गरिएको छ । नेपाल र भारतबीच कहिलेबाट क्रसबोर्डर भुक्तानी सुरु हुन्छ त्यो भने खुलाइएको छैन।
गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच क्रसबोर्डर भुक्तानी सम्झौता भएको थियो। नेपालको तर्फबाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का सीईओ नीलेशमान सिंह प्रधान र भारतको तर्फबाट एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड एनआईपीएलका सीईओ रितेश शुक्लाले हस्ताक्षर गरेका थिए। दुवै संस्थाले भुक्तानी सुरु गर्नका लागि प्राविधिक परीक्षण गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।