logo

सरकारको नीतिगत सहजीकरणले पनि देखिएन घरजग्गा कारोबारमा सुधार

    436   पटक पढिएको


२ फागुन/अर्थ र व्यापार – नीतिगत सहजीकरणले पनि घरजग्गा कारोबारमा सुधार हुन सकेन । सरकारले घरजग्गा कारोबार बढाउने भन्दै विभिन्न नीतिगत व्यवस्थामा नै संशोधन गर्यो । तर, भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले भने सरकारको यस्तो नीतिगत व्यवस्थाले घरजग्गा कारोबारमा खासै सुधार भएको देखिएको छैन ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ पुस मसान्तसम्म जग्गा कारोबारमा सुधार देखिए पनि कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्व भने घटेको छ ।
चालु आवको वितेका सात महिनामा कुल २ लाख ७८ हजार ९ सय २५ लिखत पारित भएको विभागको तथ्यांक छ । गत आव २०७९÷८० को सोही अवधिमा २ लाख ३१ हजार ४ सय २३ लिखत पारित भएको थियो ।
जुन चालु आवभन्दा २० दशमलब ५३ प्रतिशतले न्युन हो । लिखत पारितले चालु आवमा घरजग्गा कारोबार संख्यात्मक रूपमा राम्रो सुधार भएको देखाउँछ । लिखत पारितमा वृद्धि देखिए पनि जग्गा कारोबारबाट संकलन हुने मालपोत करमा खासै सुधार नभएको तथ्यांकले देखाउँछ ।
गत आवको तुलनामा चालु आवको पुससम्म जग्गा कारोबारबाट प्राप्त हुने राजस्व करिब १ दशमलब ३२ प्रतिशतले घटेको छ । चालु आवको माघ मसान्तसम्म घरजग्गा कारोबारबाट २१ अर्ब ६५ करोड २७ लाख रुपैयाँबराबर राजस्व संकलन भएको विभागले जनाएको छ । गत आवको सोही अवधिमा २१ अर्ब ९४ करोड १७ लाख राजस्व प्राप्त भएको थियो । जग्गा मूल्यांकन बढी भएको भन्दा कम भएको स्थानमा कारोबार वृद्धि हुँदा लिखत पारित संख्या बढे पनि कारोबार राजस्वमा वृद्धि हुन नसकेको घरजग्गा कारोबारमा संलग्न व्यवसायीले बताएका छन ।
विभाग महानिर्देशक विदुरप्रसाद खनालले अहिले बढी मूल्यांकन भएको सहरी क्षेत्रको भन्दा कम मूल्याकंन भएको ग्रामीण क्षेत्रको जग्गा कारोबार बढेर राजस्व कम भएको हुन सक्ने बताए । यस्तै लिखत पारितमा दृष्टिबन्धक अशंबण्डा लगायत अन्य कारोबार पनि हुने भएकाले लिखत पारित हुँदैमा सबै राजीनामाका लिखत मात्रै नहुने उनले बताए । दृष्टिबन्धक लिखतमा रजिस्ट्रेसन दस्तुर नलाग्ने र शुल्क मात्रै लाग्ने हुँदा दृष्टिबन्धक लगायत कारोबार बढ्दा राजस्व नबढ्ने उनले बताए ।

यस्तै बागमती प्रदेशमा सहकारीको लिखतमा शुल्क पनि नलाग्ने आदेश सर्वोच्च अदालतबाट आएका कारण राजस्व प्रभावित भएको उनले बताए । घरजग्गा किनबेचमा लाभकर र रजिस्ट्रेसन दस्तुर जति अंशबण्डामा नहुने भएकाले अशंबण्डाले लिखत पारित वृद्धि हुँदा राजस्वमा कम योगदान हुने विभागले जनाएको छ ।
यसैगरी, दृष्टिबन्धक लगायतको लिखत पारितमा पनि राजस्व कम हुने गरेको विभागको तर्क छ ।

नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सहज बनाउने भन्दै चालु आवको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत ५० लाखसम्मको आवासीय घर कर्जाको कर्जा आम्दानी अनुपात बढाएको छ । आम्दानीको ५० प्रतिशत मासिक किस्ता हुने गरी मात्रै कर्जा लगानी गर्न पाइने व्यवस्थालाई ६० प्रतिशत बनाइएको छ । यस्तै धितो मूल्यांकन आधारमा कर्जा पाउने सीमा (लोन टु भ्यालु रेसियो) पनि उपत्यकाभित्र ३० प्रतिशतम्म झारेकोमा त्यसलाई बढाउँदै लगेर ५० प्रतिशत कायम गरिएको छ । यस्तै आवासीय कर्जा सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पु¥याइएको छ ।
त्यसैगरी, रियल इस्टेट सम्बन्धी कर्जाको जोखिम भार १ सय ५० बाट घटाएर १ सय २५ प्रतिशत कायम गरिएको छ । सरकारले भू–उपयोग नियमावलीले जग्गा कित्ताकाटमा गरेको कडाइ र जग्गा वर्गीकरण लगायत समस्या पनि नियमावली संशोधनमार्फत सहजीकरण गरिसकेको छ ।
त्यही पनि जग्गा कारोबारमा भने सकारात्मक प्रभाव पर्न नसकेको तथ्यांकले देखाउँछ । व्यवसायीहरू घरजग्गा कारोबार बढ्न आवासीय घर कर्जाको ‘लोन टु भ्यालु रेसियो’ र कर्जा आम्दानी अनुपातमा अझै लचिलो नीति चाहिने बताउँछन् ।

यस्तै कर्जाको जोखिम भार पनि अझै घटाउनुपर्ने उनीहरूको भनाई छ । पुसभन्दा माघ महिनामा लिखत पारितसँगै राजस्वमा पनि केही सुधार भएको भने देखिन्छ । पुसमा ४५ हजार २ सय ७७ लिखत पारित हुँदा ३ अर्ब २० करोड ५२ लाखबराबर राजस्व प्राप्त भएको थियो । माघमा ५० हजार ९ सय २१ लिखत पारित हुँदा ३ अर्ब ३७ करोड ५७ लाख राजस्व प्राप्त भएको विभागले जनाएको छ ।

गत आवको माघमा ४१ हजार ८६ मात्रै लिखत पारित हुँदा ३ अर्ब ६९ करोड ९७ लाख राजस्व प्राप्त भएको थियो । माघमा गत आवको तुलनामा लिखत पारित ९४ प्रतिशतले वृद्धि हुँदा राजस्व भने ८.७६ प्रतिशतले घटेको देखिन्छ । माघमा धेरै लिखत पारित हुनेमा नयाँ सहकारीका रूपमा विकास भइरहेको मालपोत कार्यालय अगाडि देखिन्छ । तर, राजस्व संकलनमा भने लखनखेल, भक्तपुर, काठमाडौं जिल्लाका मालपोत कार्यालय अगाडि देखिन्छन् । ती मालपोत कार्यालयमा लिखत पारित कम हुँदा पनि बढी राजस्व संकलन भएका छन् ।
पुसमा सबैभन्दा धेरै लिखत पारित इनरुवा मालपोत कार्यालयबाट भएको थियो । माघमा भने मालपोत कार्यालय जनकपुरधाम, धनुषाबाट भएको छ । सो कार्यालयबाट माघमा २ हजार ९२ लिखत पारित भएको छ । इनरुवा मालपोत कार्यालयबाट २ हजार ३२ लिखत पारित भएको छ ।
यस्तै मालपोत कार्यालय झापा भद्रपुरबाट १ हजार ९ सय लिखत पारित हुँदा मोरङ बेलबारी मालपोतबाट १ हजार ६ सय ८३ लिखत पारित भएको छ । त्यसैगरी सप्तरी राजविराज मालपोतबाट १ हजार ४ सय, महोत्तरी जलेश्वर मालपोत १ हजार २ सय ९२, सिरहा मालपोत १ हजार १ सय १३, सर्लाही मलंगवा मालपोत १ हजार ८०, पर्सा मालपोत १ हजार ५७ र बारा कलैया मालपोतबाट १ हजार ३३ लिखत पारित भएको छ ।
लिखत पारितमा सहरीकण हुँदै गरेको मधेश प्रदेश र कोशी प्रदेशका मालपोत कार्यालय अगाडि देखिएका छन् । राजस्व संकलनमा भने ललितपुर लगनखेल मालपोतबाट सबैधन्दा धेरै संकलन भएको छ ।
माघमा कुल ३ अर्ब ३७ करोड ५७ लाख राजस्व संकनल हुँदा लगनखेल मालपोतबाट मात्रै ३१ करोड ६१ लाख १६ हजार संकलन भएको छ । त्यसैगरी भक्तपुर मालपोतबाट २६ करोड ७ लाख ६३ हजार र काठमाडौं कलंकी मालपोतबाट १९ करोड ९३ लाख ८८ हजारबराबर राजस्व संकलन भएको छ ।
काठमाडौंकै डिल्लिबजार चारखालस्थित मालपोतबाट १७ करोड ६६ लाख ४५ हजार र चाबहिल मालपोतबाट १५ करोड ८२ लाख ८९ हजार, कास्की मालपोत १२ करोड ६६ लाख ३७ हजार, चितवन मालपोतबाट ११ करोड ७ लाख ७८ हजार, सुनसरी इनरुवा मालपोतबाट १० करोड ४८ लाख ४३ हजार र काभ्रेको धुलिखेल मालपोतबाट ८ करोड ५१ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।