logo

निर्माण व्यवसायीको ६ अर्ब ३० करोड रुपैयाँ तत्काल भुक्तानी गर्न अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

    439   पटक पढिएको


२९ पुस/अर्थ र व्यापार – सरकारले निर्माण व्यवसायीले काम गरेबापतको बक्यौता रकम तत्कालै भुक्तानी गर्ने बताएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महत र अर्थसचिव डा.कृष्णहरि पुष्करलाई बोलाएर छलफल गरी निर्माण व्यवसायीको रकम तत्काल भुक्तानी गर्न निर्देशन दिएका छन्।
गत आर्थिक वर्षको १ अर्ब ७१ करोड रुपैयाँ सहित अहिलेसम्म सरकारले निर्माण व्यवसायीलाई ६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । प्रधानमन्त्रीले विकास निर्माणका कामलाई तीब्रता दिनका लागि व्यवसायीको रकम तत्काल निकासा गर्न आवश्यक रहेको भन्दै यस्तो निर्देशन दिएका हुन ।
प्रधानमन्त्री दाहालले राखेको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सरकारको मुख्यसचिव डा.बैकुण्ठ अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल पनि सहभागी थिए।
भौतिक पूर्वाधारमन्त्री ज्वालाले गत वर्षकै भुक्तानी रोकिएकाले निर्माण व्यवसायीलाई काम लगाउन समस्या भएको गुनासो गरेका थिए । दाहालले भुक्तानी प्रक्रिया आइतबार नै अगाडि बढाउन भनेको उनको सचिवालयले जनाएको छ।
निर्माण व्यवसायीको रकम भुक्तानीपछि विकास निर्माणका कामले गति लिने र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।