logo

बाह्रौं पोखरा महोत्सव २६ पुसबाट

    497   पटक पढिएको


९ पुस/अर्थ र व्यापार –  १२ औं संस्करणको पोखरा महोत्सव पुस २६ देखि माघ ८ गतेसम्म हुने भएको छ । आयोजक युनाइटेड क्लबले पत्रकार सम्मेलनमार्फत अमरसिंह मैदानमा महोत्सव हुने जानकारी दिएको हो ।
क्लबले यसअघिको महोत्सवबाट संकलित रकम सेती नदी संरक्षण र चिडियाखाना निर्माणमा खर्च गरेको आयोजक क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । उनका
अनुसार बाह्रौं पोखरा महोत्सवबाट संकलित रकमबाट लेखनाथको अर्चलेमा छात्राबास निर्माण गरिनेछ ।
‘त्यहाँ गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित निशुल्क शिक्षा पाउने गरी आवासीय छात्राबास बनाउने योजना बनाएका छौं’ उनले भने । क्लबले पोखरामा खुल्ला चिडियाखाना निर्माणको अवधारणा लिई लेखनाथमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कमा हालसम्म ५८ लाख ८५ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
१२ दिनसम्म चल्ने महोत्सवमा २३० देखि २५० स्टल रहने र आइतबारदेखि स्टल बुकिङ खुल्ला गरिएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा २ देखि २ लाख ५० हजार दर्शकको अनुमान गरिएको छ ।
महोत्सवबाट १ करोड १७ लाख ५० हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खच भई ३४ लाख २५ हजार बचत हुने अनुमान गरिएको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरुको प्रदर्शनी एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतिसँगै कृषिका गतिविधिहरु सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।
महोत्सवमा मन्त्र, लाहुरे, सविन राई एन्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीबब, माइला, श्री ३, रक हेड्ससँगै लोकल ब्यान्डले रात्रिकालीन प्रस्तुति दिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।