logo

वैदेशिक सहायताका आयोजनाको कामप्रति अर्थ मन्त्रालय असन्तुष्ट

    487   पटक पढिएको


५ पुस/अर्थ र व्यापार – वैदेशिक सहायताका ठूला परियोजनामा लक्ष्य अनुसार काम नभएको भन्दै अर्थ मन्त्रालय असन्तुष्टी जनाएको छ । वैदेशिक सहायताका आयोजनामा काम नहुँदा पुँजीगत खर्च नै कम देखिएपछि मन्त्रालयले आयोजना प्रमुखहरुलाई बोलाएर असन्तुष्टि जनाएको हो।
अर्थ मन्त्रालयले आयोजना प्रमुखहरुलाई काममा तिब्रता दिन निर्देशन दिइ अब आफैंले अनुगमन गर्ने बताएको छ । विदेशी सहायताका आयोजनामा बर्सेनि ५० प्रतिशतभन्दा बढी खर्च हुन नसकेपछि मन्त्रालय आफैंले अनुगमन गर्न लागेको हो।
वैदेशिक सहायताका आयोजनाको खर्च अत्यन्त कमजोर छ । विकास बजेटको ठूलो हिस्सा ओगटेको भए पनि खर्च भइरहेको बताउँदै मन्त्रालयका सहसचिव धनिराम शर्माले भने, ‘हामीले त्यसका लागि मेकानिज्म बनाउन लागेका छौं। सम्बन्धित निकाय र अर्थ मन्त्रालयको संयुक्त मेकानिज्म बन्छ। आवश्यकताअनुसार फिल्डमा समेत जान्छौं।’
आयोजना प्रमुखहरुले विभिन्न समस्या औंल्याए पनि त्यो भरपर्दो नभएको भन्दै मन्त्रालयले अनुगमनमा जाने तयारी गरेको हो। फिल्डमा गएर हेरेपछि वास्तविक कारण र समाधानका उपाय समेत पत्ता लगाउन सकिने मन्त्रालयको बुझाइ छ।
‘अहिले नै मसिनो गरी हेर्न सक्ने अवस्था छैन। तर निश्चित आयोजनाहरु जसले ठूलो बजेट ओगटेका छन्, तिनलाई हेर्छौं’ शर्माले भने। नारायणगढ–बुटवल सडक विस्तारको गति सुस्त छ। २०७५ चैतमा साढे तीन वर्षमा सक्ने गरी काम थालिएको सडकमा म्याद गुज्रिएको एक वर्ष नाघ्दा पनि भौतिक प्रगति जम्मा ४० प्रतिशत छ।
उनका अनुसार त्रिभुवन विमानस्थलको स्तरोन्नति, नागढुंगा–मुग्लिन, बुटवल–नारायणगढ, मुग्लिन–पोखरा, कमला–कञ्चनपुर लगायत आयोजना हेर्न लागिएको हो। यी सबै आयोजनाको काम निकै सुस्त छ। सडक विभागमातहत निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तारको गति अत्यन्त सुस्त छ ।

२०७५ चैतमा साढे तीन वर्षमा सक्ने गरी काम थालिएको सडकमा म्याद गुज्रिएको एक वर्ष नाघ्दा जम्मा ४० प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको वित्तीय प्रगति ४० प्रतिशतभन्दा कम छ। एसियाली विकास बैंक (एडीबी) को करिब १७ अर्ब रुपैयाँ ऋण सहयोगमा आयोजना अघि बढाइएको हो।
विभाग मातहतकै पोखरा–मुग्लिन सडकको काम झनै सुस्त छ। मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम लगाए पनि आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१.५ प्रतिशत र जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा ८ प्रतिशत मात्रै काम भएको छ।

२०७८ जेठ २ मा सम्झौता भई त्यही वर्षको भदौ १२ देखि काम सुरु भएको पश्चिम खण्डको म्याद २०८१ भदौसम्म छ। एडीबीको ऋण सहयोगमा पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा दिइएको थियो।
अर्थका अनुसार वैदेशिक सहायताका अरु आयोजनाको अवस्था पनि योभन्दा फरक छैन। शर्माका अनुसार चालु आर्थिक वर्ष विकास बजेटमा वैदेशिक सहायताको अंश ५० प्रतिशत छ ।
वैदेशिक सहायताका आयोजनाको काम सुस्त हुँदा त्यसको प्रत्यक्ष प्रभाव पुँजीगत खर्चमा परेकाले खर्च बढाउनका लागि आफैंले अगुवाइ गर्नुपर्ने निष्कर्षमा अर्थ मन्त्रालय पुगेको हो। अर्थ मन्त्रालयले आगामी दिनमा यस्ता आयोजनाहरुको काम तिब्र गतिले अघि बढाउनुपर्नेमा जोड गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।