logo

सुस्ताएको घरजग्गा कारोबारमा अझै आएन सुधार, राजस्व आधा घट्यो

    493   पटक पढिएको


३ मंसिर/अर्थ र व्यापार – लामो समयदेखि सुस्ताएको घरजग्गा कारोबारमा अझै सुधार आएको छैन । घरजग्गा कारोबारमा सुधार नआएपछि पछिल्लो समय राजस्व समेत आधा घटेको छ ।
गत असोज महिनाको अन्तिम सातादेखि कात्तिक मसान्तसम्म आम नेपाली दशैं तिहार र छठपर्वको ‘फेस्टिभ मुड’मा रहँदा नेपालमा घरजग्गा कारोबार सुस्ताएको सम्बन्धीत सरोकारवालाहरुले बताएको छ ।
उनीहरुका अनुसार कात्तिक महिनामा घरजग्गा कारोबारबाट राज्यलाई प्राप्त हुने राजस्वदेखि लिखत पारितसम्म घटेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७४ मा कृषियोग्य भूमि खण्डीकरण बढेको बन्दै जग्गा कित्ताकाट गर्न रोक लगाएको थियो । नीतिगत बन्देजकै कारण घरजग्गा कारोबार घट्दा अर्थतन्त्रमै समस्या परेको धारणा सहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले गत २९ साउनमा मन्त्रिपरिषद् बैठकबाटै जग्गा कित्ताकाट खुलाएको थियो ।
त्यसपछि भदौ र असोज महिनामा केही सुधार देखिएको घरजग्गा कारोबार कात्तिक महिनामा चाडबाडका कारण पुनः घटेको हो ।
यस्तो कारोबारमा चलायमान बनाउन भन्दै जग्गा कित्ताकाट खुलाउन सरकार नै ‘पावरब्रोकर’ बन्दा समेत अझै अपेक्षाकृत रुपमा कारोबार नभएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ ।
सम्बन्धीत सरोकारवाला निकाय भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार असोजमा घरजग्गा किनबेचबाट सरकारले ४ अर्ब ८ करोड ६६ लाख २७ हजार ४३७ रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।
कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख ६७ हजार ५६४ रुपैयाँ कूल राजस्व प्राप्त भएको विभागले जनाएको छ । एकै महिनामा घरजग्गा कारोबारबाट राज्यलाई प्राप्त हुने राजस्व १ अर्ब ९२ करोड रुपैयाँले घटेको देखिन्छ ।
असोजमा १ लाख ४० हजार ५९० कित्ता जग्गा कारोबार भएकोमा कात्तिकमा घटेर ७७ हजार १८५ कित्तामा सीमित भएको विभागको तथ्यांकमा उल्लेख छ ।
कात्तिकमा ३० हजार ३८७ जग्गा कित्ताकाट भई ७० हजार ११६ कित्ता कायम भएको छ । २६ हजार घरजग्गा किनबेच भएकोमा १८ हजार ५९३ वटा घरजग्गा रोक्का भएको छ । १५ हजार २५९ घरजग्गा फुकुवा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।