logo

नेपालको संसदको व्याख्यात्मक घोषणा स्वीकारेका छौं : एमसीसीकी सीईओ अलब्राइट

    567   पटक पढिएको


१७ असोज/अर्थ र व्यापार – मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले एमसीसी कम्प्याक्ट अनुमोदन गर्दा नेपालको संसदले गरेको ब्याख्यात्मक घोषणा आफूहरुले स्वीकार गरेको बताएकी छिन् ।
मंगलबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमसीसीले सो व्याख्यात्मक घोषणा स्वीकार गरेको बताएकी हुन् । ‘त्यसप्रति एमसीसी सहमत छ, हामीले त्यसलाई स्वीकार गरेका छौं । हामीले यसबारे सरकारलाई प्रतिक्रिया समेत दिइसकेका छौं । सोही अनुरूप एमसीसी कार्यान्वयनमा गएको हो’ उनले भनिन् ।

१५ फागुन २०७८ मा नेपालको संसदले एमसीसी सम्झौता अनुमोदन गर्नुअघि सत्तारुढ दलहरुभित्रै अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा चर्को मतभेद थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीकै शीर्ष नेताले एमसीसी सम्झौता अनुमोदन गर्न नहुने धारणा राखेका थिए भने दुबै दलका कार्यकर्ताले सम्झौता अनुमोदन नगर्न खबरदारी गर्दै सडक प्रदर्शन गरेका थिए ।
त्यसपछि सत्तारुढ दलहरुबीच १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर सम्झौता अनुमोदन गर्ने सहमति भएको थियो । ब्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भए पनि सो घोषणालाई एमसीसीले स्वीकार गर्छ कि गर्दैन भन्ने मतभेद दलहरुभित्र थियो ।

केही समयअघि नेपालस्थित अमेरिकी दूतावासले एमसीसीले व्याख्यात्मक घोषणा स्वीकार गरेको नोट जारी गरेको थियो । ‘एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो । हामी सो व्याख्यात्मक घोषणासँग सहमत छौँ र नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्ट भन्दा माथि छ भन्ने लगायत कम्प्याक्टका सर्तहरूसम्बन्धी हाम्रो बुझाइसँग सो व्याख्यात्मक घोषणा सम्मत छ भन्ने हामीलाई लागेको छ’ एमसीसी नोटमा उल्लेख थियो ।
एमसीसी परियोजना कार्यान्वयनमा एमसीसी र नेपाल सरकार दुवैको अत्यन्तै बलियो प्रतिबद्धता भएकाले पाँच वर्षभित्रै यो सम्पन्न हुने पनि उनले बताएकी छिन् ।
‘हामीले विश्वका विभिन्न मुलुकमा परियोजनाहरु सञ्चालन गरेका छौं, तिनको कार्यान्वयन सजिलो हुन्न, चुनौतीहरुको सामना गर्नुपर्छ । तर, सबै ठाउँमा निर्धारित समयमै परियोजना सम्पन्न भएका उदाहरण छन्’ अलब्राइटले भनिन् ।

एमसीसीकी सीईओ अलब्राइटले भनिन्, ‘यो परियोजनामा नेपाल सरकार स्वयंले १८ करोड ७० लाख अमेरिकी डलर (करिब २६ अर्ब रुपैयाँ) लगानी गर्दै छ, यसलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको छ, त्यसले नेपाल सरकारको बलियो प्रतिबद्धता देखिन्छ ।’
विद्युत प्रसारणलाइन परियोजनाहरुमा लागत अनुमानभन्दा उच्च बोलपत्र प्रस्ताव भएकोबारेमा गरिएको प्रश्नमा एमसीसीका डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ब्रुक्सले यस्तो हुनु नौलो नभएको बताए । ‘संसारभरिको अनुभवमा उच्च मूल्य प्रस्ताव हुनु हाम्रो लागि नयाँ विषय होइन, अन्यत्र पनि यस्तो हुने गरेको छ । एमसीसीले नेपालको बोलपत्रहरुको लागत विश्लेषण गरिरहेको छ, यसको केही न केही समाधान निस्कन्छ’ उनले भने ।

परियोजना कार्यान्वयनको क्रममा अनुगमन तथा काम सएिपछि गरिने मूल्यांकन एमसीसीको सबैभन्दा बलियो पक्ष भएको उनले बताए ।
‘हामी अमेरिकी सरकार र नेपाल सरकारले यो परियोजनामा खर्च गर्ने हरेक डलरले नेपाली जनताको जीवनमा सकारात्मक प्रभाव परोस् भन्ने चाहन्छौं, त्यसो हुँदा स्वतन्त्र पक्षबाट अनुगमन तथा मूल्यांकन गर्छौं, जुन अत्यन्तै कडा हुन्छ,’ उनले भने ।

सो कार्यक्रममा एमसीए– नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले विद्युत प्रसारणलाइन परियोजनाको डिजाइन लगत नभएको दाबी गरे । ‘डिजाइन एमसीसीको निर्देशिकाअनुरुप नै भएको छ, त्यसमा गल्ती भएको छैन । तर, निर्माण कम्पनीहरुले गरेको उच्च लागत प्रस्तावका विषयमा अध्ययन भइरहेकाले त्यस विषयमा भने टिप्पणी गर्न चाहन्न’ विष्टले भने ।
बोलपत्रमा सहभागी कम्पनीहरुले एउटै परियोजनामा गरेको लागत प्रस्तावमा नै धेरै भिन्नता देखिएकाले उनीहरुको बुझाईमा समस्या रहेको हुन सक्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।