logo

दुई महिनामै मुलुकको वैदेशिक व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड नाग्यो , आयात र निर्यात दुवै घट्यो

    479   पटक पढिएको


७ असोज/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामै मुलुकले २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ बरावरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । चालु आवको सुरुवाती दुई महिना साउन र भदौ मसान्तसम्मको अवधीमा कुल दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको बस्तु आयात गर्दा निर्यात भने २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँमा खुम्चिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको गत भदौ मसान्तसम्मको विवरणअनुसार वितेका दुई महिनाको अवधीमा मुलुकले कुल २ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा बस्तुको आयात ५ दशमलव ६ प्रतिशत र निर्यात ७ दशमलव ७९ प्रतिशतले घटेको छ ।
सो अवधिमा समग्र वैदेशिक व्यापारमा ५ दशमलव ३२ प्रतिशतको गिरावट देखिएको छ । गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र १ खर्ब ६० अर्ब ७५ करोड रुपैयाँ बराबरको बस्तु आयात हुँदा १६ अर्ब ७३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस अवधीमा नेपालले भारतसँग मात्र १ खर्ब ४४ अर्ब रुपैयाँ बरावरको व्यापार घाटा व्यहोरको छ । त्यस्तै, चीनबाट ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ । गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब ४६ अर्ब बराबर हो ।

नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ । साउन र भदौमा अमेरिकाबाट दुई अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको देखिन्छ । सोही अवधीमा अमेरिकासँगको व्यापार नाफा १ अर्ब १४ करोड रुपैयाँ बराबर रहेको देखिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।