logo

विभागद्वारा २१ व्यवसायमा अनुगमन, १२ वटालाई ७ लाख १५ हजार जरिवाना

    771   पटक पढिएको


१८ भदौ/अर्थ र व्यापार – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एकैदिन २१ वटा व्यवसायमा अनुगमन गरेको छ । २१ वटा फर्ममा अनुगमन गरेको विभागले १२ वटालाई ७ लाख १५ हजार जरिवाना गरेको छ ।
नियमविपरीत व्यवसाय गर्ने पसललाई ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरिएको हो । सबैभन्दा धेरै रिलेबलिङ गरी गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गर्ने याटखाटोलमा रहेको एक खाद्यवस्तु विक्रेतालाई ३ लाख जरिवाना गरिएको छ ।

यसैगरी, रिलेबलिङ गरी गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गर्ने याङ्जाको अर्को खाद्यवस्तु विक्रेतालाई पनि २ लाख जरिवाना गरिएको विभागले जनाएको छ । बिनादर्ता सञ्चालित त्रिपुरेश्वरको सर्जिकल सामान बेच्ने विक्रेतालाई विभागले १ लाख रुपैयाँ जरिवाना गरेको छ ।
सोल्टीमोड र नयाँ बजारमा रहेको मिनिमार्ट, नयाँ बजारको रेडिमेड कपडा पसल, कस्मेटिक पसल लगायतलाई पनि विभागले जरिवाना गरेको छ । नियमित अनुगमनका क्रममा कैफियत भेटिएकालाई सचेत गराउने तथा जरिवाना गराउने गरिएको विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।