logo

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएसँगै प्याजको मूल्यमा भारी वृद्धि

    638   पटक पढिएको


४ भदौ/अर्थ र व्यापार – शनिबार भारतको वित्त मन्त्रालयले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य वृद्धि भएको छ ।
प्याजका लागि भारतमाथि नै निर्भर रहेको नेपालमा भारतको निर्णयको प्रभाव देखिएको हो । नेपालमा आइतबारको तुलनामा सोमबार प्याजको मूल्यमा करिब २८ प्रतिशतले वृद्धि भएको छ ।
भारतको केन्द्र सरकारले विगतमा नरहेको प्याजको निर्यातमा कर लगाउने व्यवस्था गरेको थियो । प्याजको निर्यातलाई निरुत्साहित गर्दै भारतमा भइरहेको मूल्य वृद्धिलाई नियन्त्रणमा लिनका लागि त्यहाँको सरकारले ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो ।
गत शनिबार भारतले गरेको सो निर्णयपछि पनि आइतबार नेपालमा प्याजको मूल्य स्थिर नै थियो । शनिबार प्रतिकेजी ६१ रुपैयाँ रहेको सुकेको भारतीय प्याज आइतबार पनि सोही मूल्यमा बिक्री भएको थियो ।
सोमबार भने सुकेको भारतीय प्याजको मूल्यमा २७.८७ प्रतिशतले वृद्धि भएको छ । सोमबार कालिमाटी तरकारी बजारमा प्याजको मूल्य ७८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
यसैगरी, हरियो प्याजको मूल्यमा ४१.४६ प्रतिशतको वृद्धि देखिएको छ । भारतले निर्यातमा कर लगाउनुअघि गत शनिबारको तुलनामा आइतबार हरियो प्याजको मूल्य घटेको थियो ।
१४० रुपैयाँ प्रतिकेजी शनिबार बिक्री भएको सो प्याज आइतबार १३६ रुपैयाँ प्रतिकेजी मूल्यमा थियो । सोमबार भने हरियो प्याजमा उच्च वृद्धि देखिएको छ । हरियो प्याज प्रतिकेजीमा आइतबार रहेको १३६.६७ रुपैयाँबाट वृद्धि भएर १९३.३३ प्रतिशत पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।