logo

अब साना व्यवसायीले चौमासिक रुपमा भ्याट विवरण बुझाए हुने ,ठूला करदातालाई मासिक

    545   पटक पढिएको

३ भदौ/अर्थ र व्यापार – चालु आर्थिक वर्षमा साना व्यवसायीले सरकारलाई बुझाउनुपर्ने मुल्यअभिबृद्धिकर (भ्याट) विवरण चौमासिक रुपमा बुझाए हुने भएको छ । तर , वार्षिक एक करोड रुपैयाँभन्दा धेरै कारोबार गर्ने ठूला करदाताले भने अनिवार्य मासिक रुपमा भ्याट विवरण बुझाउनुपर्ने छ
सरकारले साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट दिएको छ । भने ठुला करदातालाई यस्तो विवरण बुझाउने नियममा थप कडा गरेको छ ।
आन्तरिक राजस्व विभागका अनुसार अब वार्षिक १ करोड रुपैयाँ भन्दा थोरै मूल्यको कारोबार गर्ने मूल्य अभिवृद्धि कर ( भ्याट) लाग्ने कारोबार गर्ने साना करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने भएको छ ।
यसैगरी, वार्षिक १ करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्ने मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले भने अनिवार्य मासिक रुपमा विवरण बुझाउनु पर्ने भएको छ । यसअघि एक करोड रुपैयाँ भन्दा बढी कारोबार गर्नेहरुले पनि चौमासिक रुपमा बुझाउन सकिने व्यवस्था थियो ।
आन्तरिक राजस्व विभागका अनुसार इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरको हकमा चालु आर्थिक वर्ष २०८०÷८१ को सुरुवाती महिना साउनबाट नै यो प्रावधान लागु भएको हो ।
सोही प्रावधानका कारण अब वार्षिक एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएका करदाताले अब मासिक रुपमा भ्याट विवरण सम्बन्धीत कर सेवा कार्यालयमा बुझाउनु पर्ने भएको छ ।
वार्षिक एक करोड रुपैयाँ भन्दा कम कारोबार गर्ने साना करदातालाई भने लागत र समय घटाई सुविधा दिन अब चार÷चार महिनामा विवरण पेश गर्न सकिने सुविधा सरकारले दिएको छ । यसअघि, मासिक रुपमा कर विवरण बुझाउँदै आएका करदातादाले अब २५ मंसिर, २५ चैत र २५ साउन भित्र कर विवरण पेश गरे हुने भएको छ ।
सरकारले कोरोना विश्व महामारिपछि विस्तारै चलायमान हुँदै गरेको देसको अर्थतन्त्रलाई पहिलेको अवस्थामा फर्काउने उदेस्यले थालनी गरेको यो नयाँ व्यवस्थाले साना उद्यमी÷व्यवसायी र वार्षिक १ करोड रुपैयाँ भन्दा कम कारोबार गर्ने साना करदातालाई केही राहत भएको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन । उनीहरुले सरकारको यो निणर्यको स्वागत नै गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।