logo

बजारमा पैसा पर्याप्त भएपनि देसको अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाइनु गतल:अर्थमन्त्री

    488   पटक पढिएको


३१ साउन/अर्थ र व्यापार – अर्थमन्त्री डा.प्रकाश शरण महतले बजारमा पैसा पर्याप्त भएपनि सबै मिलेर देसको अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाउँदा अहिले मानिसले खर्च गर्न र ऋण लिन डराइरहेको बताएका छन् ।
आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा अर्थमन्त्री महतले बजारमा पैसा पर्याप्त भए पनि अर्थतन्त्र खत्तम भयो भन्ने भाष्यको प्रचार हुँदा मानिसले खर्च गर्न र ऋण लिन डराएको बताए ।

अर्थतन्त्रको रफ्तार सुस्त भएकाले यसलाई तीव्र बनाउन सबैले सकारात्मक सञ्चार गर्नुपर्ने भन्दै उनले यसमा निजी क्षेत्रले भूमिका खेल्न सक्ने बताए । निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्न नहुने धारणा राख्दै मन्त्री महतले भने, ‘अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ, ब्याज घटिरहेको छ ।’
‘सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैं नकारात्मक भन्नु हुँदैन, हामी सकारात्मक दिशामा जानुछ, जानुपर्छ । यसो गर्न सक्दा मुलुक राम्रो गतिमा जान सक्छ’उनले भने ।

अर्थमन्त्री महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्व बलियो बनाउने नीतिमा सरकार अघि बढेको समेत बताए । उनले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउने कार्यक्रम ल्याएको समेत दाबी गरे ।
आन्तरिक उत्पादन बढाउन संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै उनले यसबाट कोही पनि आतंकित नहुन आग्रह गरे । ‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ । यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर, निजी क्षेत्रबाटै यसको विरोध किन भयो ? के सधैं आयातमात्र गर्नुपर्छ भन्ने कुरा हो ?’ भन्ने उनको प्रश्न थियो ।

उनले चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनको विश्वास छ । गतवर्ष विविध कारणले लक्ष्य पूरा नभए पनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने बताए । ‘कर तिर्नेको सङ्ख्या थोरै छ, कर तिर्नुपर्नेको संख्या धेरै छ । उनीरूलाई करको दायरामा ल्याउनुपर्छ ’ उनले भने । यसैगरी, उनले आन्तरिक राजस्व विभागका अधिकारीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर ध्यान दिन सुझाव दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।