logo

व्यवसायी र सरकारबिच वार्ता गर्न अध्यक्ष सिंहको नेतृत्वमा वार्ता टोली गठन

    566   पटक पढिएको


३१ साउन/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलन मंगलवारबाट सम्पन्न गरेको छ । तेस्रो चरणको आन्दोलनको अन्तिम दिन महासंघले मंगलवार सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना दिँदै दुवै कार्र्यालयमा सांकेतिक तालाबन्दी गरेको थियो ।
शान्तिपूर्ण आन्दोलन गर्ने रणनीति अनुसार व्यवसायीहरूले सेफ्टी ज्याकेट, हेल्मेट र हातमा कालोपट्टी बाँधेर सांकेतिक तालाबन्दी गरेका थिए ।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा धर्ना सहित सांकेतिक ताला लगाएको थियो । यसैगरी, बरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी)नेतृत्वको टोलीले सिंचाई विभागमा नाराबाजी गर्दै सांकेतिक तालाबन्दी गरेको थियो । सडक विभागको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूका जायज माग राज्यले पूरा गर्ने विश्वास व्यक्त गरे ।
महासंघका बरिष्ठ उपाध्यक्ष ई.आङ दोर्जी लामा (एडी) ले महासंघको आन्दोलन समृद्ध निर्माण उद्योग स्थापनामा केन्द्रीत रहेको बताए ।
यसैबिच, आन्दोलनरत महासंघलाई छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिक पत्र आएपछि महासंघको मंगलवार सम्पन्न कार्य समिति बैठकले अध्यक्ष सिंहको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।
महासंघले सरकारबाट छलफलकालागि बोलाइनु सकारात्मक भएको ठहर गर्दै आफ्ना माग पूरा नभएसम्म सांकेतिक प्रदर्शन भने जारी राख्ने जनाएको छ ।
जसअन्र्तगत ७७ वटै जिल्ला संघहरूले बुधवारदेखि आ—आफ्नो कार्यालयमा महासंघको ९ बुँदे माग सहितको ब्यानर राख्ने भएका छन् । व्यवसायीहरूको अबौं रकम भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्यादथप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, लगायतका विभिन्न ९बुँदे माग राखि व्यवसायीहरू गत १४ साउनदेखि निरन्तर आन्दोलनमा रहेको महासंघका प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिए । आन्दोलनका कार्यक्रम अन्र्तगत व्यवसायीहरूले १४ साउन यता सार्वजनिक खरिद अनुगमनकार्यालय, प्रधानमन्त्रीनिवास बालुवाटार, संघीय संसद्, माइतीघर मण्डला र सिंहदरवार अगाडि शान्तिपूर्ण धर्ना दिइसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।