logo

तीन व्यवसायिक संस्थाका अध्यक्षहरु बोलाएर प्रधानमन्त्रीले छलफल थाले

    406   पटक पढिएको


२९ साउन/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निजी क्षेत्रका विभिन्न तीन वटा छाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका अध्यक्ष एवं प्रतिनिधिलाई बोलाएर छलफल गरिरहेका छन्।
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भइरहेको छलफलमा नेउवा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल सहभागी छन् ।
यसअघि आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि यि तीनवटै संस्थाका अध्यक्षसहित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सँगै राखेर छलफल गरेका थिए ।
तीन वटा व्यवसायिक संस्थाले संयुक्त रुपमा आर्थिक मन्दीबाट उद्योगी व्यवसायीले भोगिरहेको संकट, चर्को ब्याज र व्यवसायिक असुरक्षाका बारेमा प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र समेत बुझाएका छन्।
अहिले अर्बौं रुपैयाँ लगानी गरिरहेका ठूला घराना पनि आर्थिक संकटबाट गुज्रिरहेका छन्। यस्तो प्रतिकूल अवस्थामा राज्यका निकायबाट भईरहेका केही कारबाहीको निशानामा उनीहरु नै परिरहेकाले अहिले यि व्यवसायी र सरकारबीच सुमधुर सम्बन्ध हुनु आवस्यक भएको सम्बन्धीत व्यवसायीहरुको भनाई छ ।
राज्यका निकायबाट धमाधम एकपछि अर्को गर्दै भईरहेका यि कारबाहीसँगै व्यवसायीहरु अहिलेको राज्य संयन्त्रप्रति निकै सशंकित छन्। व्यवसायीलाई परेको यस्तो संका चिर्नकैलागि पनि अहिले सरकार र व्यवसायीबीच राम्रो सम्बन्ध हुनुपर्नेमा उनीहरुको जोड छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।