logo

सवारी साधन र पेट्रोलियम पदार्थको आयात घट्यो

    554   पटक पढिएको

८ असार/अर्थ र व्यापार – यसपाली सवारी साधन र पेट्रोलियम पदार्थसम्मको आयात घटेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को वितेका ११ महिना जेठमसान्त सम्ममा यस्ता वस्तु आयात ह्वात्तै घटेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको जेठ मसान्तसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २ खर्ब ८३ अर्ब रुपैयाँ अर्थात् १६.०१ प्रतिशत कम हो ।
अघिल्लो आवको यसै अवधिमा वस्तु आयात १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको भएको छ । चालु आवमा सवारी साधन आयातमा बाहिरिने रकम आधाले कम भएको छ । अघिल्लो वर्ष ११ महिनामा ९३ अर्ब ६४ करोड रुपैयाँ बराबरको सवारी साधन आयात भएकोमा यस वर्ष मात्र ४८ अर्ब ७ करोड रुपैयाँ सवारी साधनमा विदेशिएको छ ।
अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम गर्न सरकारले गत वर्षदेखि नै आयातमा कडाइ गरेको थियो । जसमा महंगा सवारीसाधन आयातमा प्रतिबन्ध लागेको थियो । जसको परिणामस्वरुप आयातमा संकुचन जारी छ ।
सरकारले मंसिर मसान्तसम्म कायम आयात प्रतिबन्ध १ पुस २०७९ बाट लागु हुने गरी हटाएको थियो । एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान ५ माघ २०७९ बाट हटाइएको थियो । सरकारले आयात प्रतिबन्धका कारण राजस्व खुम्चिएको भन्दै यी प्रतिबन्ध हटाएको थियो । यी प्रतिबन्धका कारण कमी आएको आयात माघपछि भने विस्तार हुन थालेको हो ।
यस वर्ष पेट्रोलियम पदार्थको आयात अघिल्लो वर्षको यसै अवधिको तुलनामा २० अर्ब रुपैयाँले कम भएको छ । यस वर्ष ११ महिनामा पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब २० अर्ब ९९ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब ४० अर्ब १९ करोड रुपैयाँको थियो । यो वर्ष डिजेल, पेट्रोल र एलपी ग्यास समेतको आयात कम भएको छ । सुनको आयात समेत अघिल्लो आवको यसै अवधिको तुलनामा कम भएको भन्सार विभागले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।