logo

सरकारले चार देशसँग हवाई सेवा सम्झौताको प्रक्रिया अघि बढायो

    594   पटक पढिएको


५ जेठ/अर्थ र व्यापार – सरकारले एकसाथ चार देशसँग हवाई सेवा सम्झौता प्रक्रिया अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले स्विजरल्यान्डका लागि हवाई सेवा सम्झौता गर्न पराष्ट्र मन्त्रालयबाट राय आइसकेको र अब बाँकी तीन देशको राय कुरिरहेको बताए।
हवाई सेवा सम्झौताकालागि पर्यटन मन्त्रालयले स्विजरल्यान्ड, रुवान्डा, इन्डोनेसिया र कुवेतसँग हवाई सेवा सम्झौता गर्न आवश्यक तयारी गरी परराष्ट्र मन्त्रालयमा रायका लागि पत्र पठाएको जनाएको छ । तीमध्ये कुवेतसँग सम्झौता नवीकरण गर्ने र अन्य तीनसँग भने नयाँ सम्झौता प्रक्रिया अगाडि बढाएको सहसचिव लामिछानेले जानकारी दिए ।
उनले पराराष्ट्र मन्त्रालयले केही समयअघि स्विजरल्यान्डसँग हवाई सेवा सम्झौताका लागि आवश्यक राय सुझावसहित सहमतिपत्र पठाएको बताए । योसँगै अब स्विजरल्यान्डसँग सम्झौताको प्रक्रिया अगाडि बढ्ने भएको छ। दुई मुलुकसँगको सम्झौताका लागि मन्त्रिपरिषदको स्वीकृति चाहिन्छ । जसका लागि पर्यटन मन्त्रालयले पर्यटनमन्त्री सुदन किराँती मार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्नेछ।
पर्यटन मन्त्रालयका अनुसार हवाई सम्झौताका लागि केही समयभित्रै पर्यटनमन्त्री किराँतीले प्रस्ताव पठाउन लागिएको छ । मन्त्रीपरिषदले हवाई सम्झौताका लागि स्वीकृति दिएपछि स्विट्जरल्यान्डसँग सिधा उडानका लागि प्रक्रिया अगाडि बढ्ने छ।
हवाई सम्झौता भएपछि नेपाली एयरलाइन्सहरूले स्विट्जरल्यान्डमा सिधा उडान गर्न पाउने छन् भने त्यहाँका एयरलाइन्सहरूले पनि यहाँ उडान गर्न पाउने छन् । सहसचिव लामिछानेले स्विट्जरल्यान्डसँगको हवाई सम्झौतामा साताको कति उडान हुने र महिनामा कति गर्ने भन्ने विषयमा दुई देशबीचको सहमतिपछि मात्र टुंगोमा पुगिने बताए।
उनले सुरुमा सम्झौताका लागि सहमति लिनु नै ठूलो विषय भएकोले कति उडान गर्ने र कहिलेबाट गर्ने भन्ने विषयको टुंगो पछिमात्र लाग्ने ।

पर्यटन मन्त्रालयले हवाई सम्झौता गर्दै हवाई यात्राका लागि बाटो खुलाए पनि सिधा उडान गर्ने वा नगर्ने भन्ने निर्णय भने सम्बन्धित एयरलाइन्सहरूको रहनेछ। अहिले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। हवाई सम्झौता सफल भएमा स्विट्जरल्यान्डबाट स्विस एयरले नेपालमा उडान गर्ने इच्छा देखाएको पर्यटन मन्त्रालयका अधिकारीहरूले बताएका छन ।
सन १९९७ मा इजिप्टसँग हवाई सेवा सम्झौता गरेको नेपालले रुवान्डासँग हवाई सम्झौता भए अफ्रिकी मुलुकको दोस्रो हुने छ । इजिप्टसँग सम्झौता भए पनि उडान भएको छैन्। नेपालले ४० वटा मुलुकसँग हवाई सम्झौता गरिसकेको छ ।
पछिल्लो समय अस्ट्रेलियासँग हवाई सम्झौता गरेको नेपालले नेपाल वायुसेवा निगमको जहाज उडानका लागि स्लट पाइसकेको छ । हाल अष्ट्रेलियाको सिड्नी विमानस्थलमा बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।