logo

भन्सार विभागले चालु आवको ११ महिनामा लक्ष्यको ५८ प्रतिशत मात्र राजस्व उठायो

    453   पटक पढिएको

१ असार/अर्थ र व्यापार – भन्सार विभागले चालु आर्थिक वर्षको वितेका ११ महिना जेठ मसान्तसम्मको अवधीमा कुल लक्ष्यको जम्मा ५८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
विभागले जेठ मसान्तसम्म ६ खर्ब ९ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा अहिले ३ खर्ब ५६ अर्ब ७५ करोड मात्र संकलन गरेको हो ।
विभागले गत आर्थिक वर्षको ११ महिनामा ४ खर्ब ६६ अर्ब रुपैयाँ संकलन गरेको थियो । जेठ मसान्तसम्म संकलन भएको राजस्व हेर्दा चालुआर्थिक वर्षको अन्त्यसम्ममा विभागले ४ खर्ब पनि राजस्व संकलन गर्ने सम्भावना छैन । गत आर्थिक वर्षको १२ महिनामा विभागले ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले पनि हालको अवस्था हेर्दा चालु आर्थिक वर्षमा ३ खर्ब ९५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने सम्भावना नरहेको बताएका छन ।
विभागका सूचना अधिकारी खड्काले जानकारि गराए अनुसार राजस्व संकलन भयो भने पनि चालु आर्थिक वर्षमा गत वर्षको भन्दा १ खर्ब ११ अर्ब रुपैयाँ कम राजस्व संकलन हुने अवस्था छ ।

विभागले जेठ महिनामा मात्रै लक्ष्यको ६२ प्रतिशत राजस्व संकलन गरेको छ । जेठमा मात्रै ६० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ३७ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।
आगामी दिनमा सवारी साधानको जाँचपास बढ्ने सम्भावना भएकाले राजस्व संकलन बढ्न सक्ने भन्सार विभागका सूचना अधिकारी खड्का बताउँछन् । उनले अब बाँकी एकमहिनाको अवधीमा सक्दो भन्सार राजस्व उठाउने प्रयास हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।