logo

अर्थमन्त्रीलाई स्वर्णिम वाग्लेको प्रश्न : निश्चित व्यापारिक घरानालाई लाभ हुनेगरी करका दरमा हेरफेर गरिएको हो कि हैन ?

    518   पटक पढिएको


२३ जेठ/अर्थ र व्यापार– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले करका दर हेरफेरको विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई विभिन्न तीन प्रश्न सोधेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै वाग्लेले अर्थमन्त्री महतलाई तीन प्रश्न गरेका हुन् ।
उनले भने, ‘अघिल्लो वर्षको विवाद नसेलाउँदै मन्त्रालय बाहिरका अर्का विज्ञलाई पनि बजेट निर्माणमा सामेल गराइएको खुलेको छ । अख्तियारले पनि समात्न नसक्ने गरी सेटिङको भ्रष्टाचार आगोसरह देशमा फैलिएको छ । तर, दण्डहीनतालाई तोडेरै छाड्ने हाम्रो संकल्प छ ।’
वाग्लले अर्थमन्त्रीलाई सोधेका थिए यि प्रश्न
यो वर्ष षडयन्त्रमुलक तरिकाले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुनेगरी अर्पादशी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?
एचएस कोडका विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि र प्रक्रिया पुर्याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन ?
तीस बर्षसम्म तीन करोड जनसंख्या भएको देशमा एचएस कोड टाइप गर्न सक्ने जनशक्तिको आकार एकजनामात्रै हुन् ?

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।