logo

सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउँने

    496   पटक पढिएको


१७ जेठ/अर्थ र व्यापार – सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भोलि (बिहीबार) ५ वर्षका लागि १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको हो ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार विकास ऋणपत्र २०८५ ‘झ’ नाम दिइएको सो ऋणपत्रको बोलकबोल बिहीबार हुनेछ ।
यसैगरि, निष्कासन १९ जेठमा हुने छ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । देश विकासका लागि सरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमका ऋणपत्रहरु जारी गर्ने गर्दछ ।

ऋणपत्रको बोलकबोलका लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर बोलकबोलबाट नै तय हुने र ऋणपत्र धितोमा ऋण लिन र दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।
अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने ऋणपत्रबाट आर्जित ब्याजमा ब्याजकर लाग्छ । ऋणपत्रको बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीलाई निष्कासित रकमको ८५ र अप्रतिस्पर्धी बोलकबोलका लागि १५ प्रतिशत रकम छुट्याएको राष्ट्र बैंकले जनाएको छ ।

अप्रतिस्पर्धीलाई छुट्याइएको रकमको लागि पुरा बोलकबोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धीलाई बिक्री गरिने र अप्रतिस्पर्धीलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलकबोल प्राप्त हुन आएमा समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।