logo

बजेट सकारात्मक, कार्यान्वयन चुनौतिपूर्ण : निजी क्षेत्र

निजी क्षेत्रको मनोबल बढाउने गरी बजेट आयो, यसले स्वदेशमै रोजगारी सिर्जनामा भुमिका खेल्ने अपेक्षा

    505   पटक पढिएको

१६ जेठ/अर्थ र व्यापार – सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति प्रतिक्रिया दिँदै निजी क्षेत्रले यो बजेट समग्रमा सकारात्मक भएपनि कार्यान्वयनको पक्ष चुनौतिपूर्ण नै भएको बताएको छ ।
निजी क्षेत्रका संघिय प्रतिनिधीमुलक तिनवटा छाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले यो बजेटले आफ्ना धेरै माग तथा सुझावहरु सम्बोधन गरेकाले सकारात्मक रुपमा आएको बताएको छ । उनीहरुले यो बजेट निजी क्षेत्रले विगत लामो समयदेखि उठाउँदै आएको माग एवं सुझावहरु सम्बोधन गर्न सफल भएको बताएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो संकुचित आर्थिक स्थितिमा सरकारले ल्याएको बजेट सकारात्मक नै रहेको बताए । यस बजेटले निजी क्षेत्रको अधिकांश माग सम्बोधन गर्न खोजेको भन्दै महासंघका अध्यक्ष ढकालले भने, ‘साना ठूलामा उद्योगलाई बजेटले राम्रोसँग सम्बोधन गरेको छ ।’
बजेटले आर्थिक अवस्था सुधारतर्फ देखाएको प्रतिबद्धतालाई स्वागत गर्नुपर्ने भन्दै उनले बजेटमा महासंघले दिएका सुझावहरु समावेश भएको जानकारि दिए । उनले पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौतीलाई प्राथमिकतामा राख्नु स्वागतयोग्य भएको बताए । ढकालले निजी क्षेत्रको मनोबल बढाउने गरी बजेट आएको बताए । उनले अहिलेको अवस्थामा निजी क्षेत्रलाई सम्मान गर्ने खालको बजेट आएको बताए ।
बजेटले आफुहरुको अधिकांश माग सम्बोधन गरेको बताउँदै ढकालले भने,’बजेटमा सिप, र स्टार्टअप कार्यक्रममा आएको छ, यसले यहि रोजगारी सिर्जनामा ठुलो भुमिका खेल्ने छ ।’

यसैगरि, ढकालले बजेटले काम सुरु हुने आयोजनाका लागि मात्रै बजेट विनियोजन गरेकाले पुँजीगत खर्च बढ्न सक्ने बताए । नयाँ कम्पनी दर्तामा शुल्क नलाग्ने तथा एकसय रुपैयाँमै कम्पनी खोल्न सकिने व्यवस्थाले स्टार्टअपहरु आकर्षित हुने उनको धारणा छ । पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्नका लागि उद्योगको जग्गा प्राप्ति र लिज प्रक्रिया सहज बनाउने विषयलाई पनि सकारात्मक रुपमा लिनुपर्ने उनले बताए ।
यसैगरि, उनले विदेशी लगानी आकर्षित गर्नका लागि प्राथमिकता दिइनु तथा निजी क्षेत्रलाई विदयुत व्यापार गर्न सुविधा दिनुले निजी क्षेत्रको विद्युत उत्पादन तथा व्यापारमा लगानी विस्तार हुने अपेक्षा गरिएको बताए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि यो बजेट वितरणमुखी भएकाले कार्यान्वयनको पक्ष चुनौतीपूर्ण नै रहेको बताए । ‘हाल अर्थतन्त्रका सूचकहरु नकारात्मक भएको अवस्था छ। सीमित स्रोत र साधन भएको बेला वितरणमुखी भन्दा पनि उत्पादनमुखी बजेट हुनुपर्ने हो। तर, हुन सकेन यो वितरणमुखी नै देखियो’ उनले भने । उनले अर्थतन्त्रको संकुचनको अवस्थामा उत्साहप्रद बजेट नआएको बताए । उनले यो बजेट प्रक्षेपणका चुनौतीहरु प्रसस्तै रहेको दावी गरे ।
यसैगरि नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले यो बजेटले उपभोग बढाउने कार्यक्रमलाई प्राथमिकतामा नराखेको आफुलाई महसुस भएको बताए । उनले सरसर्ती हेर्दा उद्योगलाई प्रोत्साहन गर्ने किसिमको बजेट देखिएपनि अहिलेको स्थितिबाट पार लगाउने बजेट भने यो नभएको धारणा राखे ।
यसैगरि,श्रेष्ठले बाँझो जमिनको प्रयोग, स्वदेशी उत्पादनको उपभोग, डिजिटल अर्थतन्त्र, स्टार्टअपलाई बढावा दिने तथा विदेशी लगानी ल्याउने विषयमा दिइने भनिएको सहजतालाई राम्रा कार्यक्रम भएको बताए ।
नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले यस बजेटमा नयाँ कार्यक्रम भन्दा पनि नयाँ नाराहरु धेरै भएकाले कार्यान्यनको पक्ष चुनौतिपूर्ण भएको बताए । उनले बजेटमा भनिएका धेरै कुराहरु पुरानै र दोहोरिएको धारणा राखे।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।