logo

छैटौं चेम्बर एक्स्पो सुरू

    441   पटक पढिएको

४ जेठ/अर्थ र व्यापार – नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौं चेम्बर एक्स्पो बिहीबारदेखि सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरू मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तुहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिएका छन् ।
मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीहरु लगायत जडीबुटी, आयुर्वेदिकजन्य वस्तु प्रर्दशनीमा राखिएका छन् । अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छाला जन्य वस्तुहरु समेत प्रर्दशनी एवं बिक्रीका लागि राखिएको छ ।
छैटौं चेम्बर एक्स्पोको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले गरेका हुन ।
कार्यक्रममा मन्त्री भण्डारीले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको बताए । उद्योग, व्यवसाय मैत्री नीति मार्फत निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री भण्डारीको भनाइ छ । उनले मुलुकभित्रै रोजगारी सिर्जना गरेर युवाहरुलाई विदेशिनबाट रोक्न सरकारले गृहकार्य गरिरहेको समेत बताए ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक अवस्थामा पनि व्यावसायिक गतिविधीलाई बढाउन व्यापार मेला आयोजना गरिएको बताए । अध्यक्ष मल्लले विदेशबाट आउने वस्तुहरुको भन्सारमा सहजीकरण एवं कार्यक्रम सकिएपछि वस्तु फिर्ता लैजान पाउने व्यवस्थाका लागि सरकारसमक्ष अनुरोध गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको एक्स्पो स्थल स्थापना गर्न सकिए यसले मुलुकको निर्यात व्यापारलाई थप टेवा पुग्छ भन्ने सरकार समक्ष आग्रह गर्दछु ।’
मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधिहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । उनले भने, ‘चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी हुनेछ ।’
वाणिज्य सचिव मधु मरासिनीले अर्थतन्त्रलाई चलायमान बनाउन व्यापार मेला फलदायी हुने बताए । उनले माग र आपूर्ति एवं रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउन व्यापार मेलाले महत्वपुर्ण सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।