logo

महासंघको राजस्व समितिमा अम्बिका पौडेल र कृषि उद्यम समितिमा डीबी बस्नेत

    565   पटक पढिएको


१८ बैशाख/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघले दुई वटा समितिको सभापति चयन गरेको छ । महासंघले कर तथा राजश्व र कृषि उद्यम केन्द्र समिति गठनको सभापति चयन गरेको छ।
कर तथा राजस्व समितिको सभापतिमा अम्बिकाप्रसाद पौडेल र कृषि उद्यम केन्द्रको सभापतिमा डीबी बस्नेत सभापति चयन भएका छन् । समितिमा २१ जना सदस्यीय हुन्छ । सदस्यमा जिल्ला नगर, वस्तुगत, एसोसिएट र क्षेत्रगतबाट लिइन्छ । सम्बन्धित क्षेत्रका विज्ञलाई सदस्यको रुपमा चयन गरिन्छ ।

कर तथा राजस्व समितिले उद्योगी व्यवसायीले कर राजस्वमा भोग्दै आएका समस्याको सहजीकरणमा भूमिका खेल्ने गर्दछ । महासंघमा भएको विभिन्न समितिमध्ये कर तथा राजस्व समितिलाई महत्वपूर्ण समितिको रुपमा लिइन्छ ।
समितिमा चयन भएका सभापतिले आइतबार नै पत्र बुझेको बताइएको छ । त्यसको औपचारिक घोषणा महासंघका अध्यक्ष चन्द्र ढकालले सम्भवतः मंगलबार सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।