logo

स्वदेशमै उत्पादित सवारीसाधन दर्ताबारे ७ दिनभित्र मन्त्रिपरिषदमा प्रस्ताव लगिने

    455   पटक पढिएको


१३ बैशाख/अर्थ र व्यापार – सरकारले स्वदेशमै उत्पादित सवारीसाधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता समाधान गर्न सम्बन्धित कानुनहरु संशोधन गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
अहिलेसम्म अड्किएको सवारीसाधन दर्तासम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालको सोही निर्देशनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरुसँग छलफल गर्दै यस्तो निर्णय गरेको हो ।
जसकालागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा सोमबार बसेको बैठकले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका–२०६० मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्नका लागि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी तीनदिन भित्र आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।
यसैगरी, नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्नका लागि सवारी तथा यातायात व्यवस्था नियमावली–२०५४ मा आवश्यक सुधार गर्न संशोधनको प्रस्ताव भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी सातदिन भित्र मन्त्रिपरिषदमा पेसगर्ने व्यवस्था मिलाउने निर्णय सो बैठकले गरेको छ ।
सोमबारको छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव एवं पदाधिकारीसँगै भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन मन्त्रालय, यातायात विभाग, स्वदेशी सवारीसाधन उत्पादक कम्पनी यात्रीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।