logo

चैत मसान्तसम्म साँवा ब्याज तिर्न १ खर्ब २३ अर्ब खर्च, सरकारको ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

    536   पटक पढिएको

५ बैशाख/अर्थ र व्यापार – चालू आर्थिक वर्षको ९ महिनामा सरकारले ऋणको साँवा र ब्याज तिर्न १ खर्ब २३ अर्ब रुपैयाँ खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले आन्तरिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न चैत मसान्तसम्म १ खर्ब २ अर्ब रुपैयाँ र वैदेशिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न २१ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ ।
चालू आर्थिक वर्षमा संकलन भएको ६ खर्ब ३५ अर्ब राजस्वको १९.३७ प्रतिशत रकम साँवा र ब्याज तिर्न मात्रै खर्च भएको छ ।
चालू आर्थिक वर्षको बजेट बनाउँदा आन्तरिक ऋणको साँवा र ब्याज फिर्ता गर्न ९० अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको सरकारले विनियोजित बजेटभन्दा १३ प्रतिशत बढी खर्च गरेको छ ।
गत वर्ष बजेट बनाउँदा बढ्दो ब्याजदरलाई नजरअन्दाज गर्दै रकम विनियोजन गरिएकाले आन्तरिक ऋण साँवा र ब्याजको खर्च व्यवस्थापन गर्न कठिन भइरहेको छ ।
चालू आर्थिक वर्षमा सरकारले बाह्य ऋणको साँवा फिर्ता र ब्याज तिर्न ४२ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेकोमा ५० प्रतिशत रकम खर्च गरिसकेको छ ।
गत वर्षभन्दा पनि कम राजस्व संकलन नभएर चालू खर्च व्यवस्थापन गर्न समेत कठिन भएकाले ९ महिनाको अवधिमा सरकारले १ खर्ब ६० अर्ब रुपैयाँ ऋण लिएको छ ।
९ महिनामा १ खर्ब ५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको सरकारले ५४ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल सरकारले तिर्नु पर्ने ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो ।
त्यसमा आन्तरिक ऋण १० खर्ब २५ अर्ब र वैदेशिक ऋण ९ खर्ब ८७ अर्ब रुपैयाँ छ । पछिल्लो ९ महिनामा थपिएको ऋण समेत जोड्दा चालू आर्थिक वर्षको चैत मसान्तसम्म सरकारको ऋण ऋण २१ खर्ब ७३ अर्ब नाघेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।