logo

निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गराउन मन्त्रालयको आग्रह

    419   पटक पढिएको


२३ चैत/अर्थ र व्यापार – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न आग्रह गरेको छ ।
मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न यस्तो आग्रह गरेको हो । सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजत पत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुन्छ ।
इजाजत पत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्दछ । यस अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको ६ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् । ६ महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था छ ।
इजाजत पत्र नवीकरण गराउन आउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्र समेत अनिवार्य ल्याउन आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।