logo

ललितपुर चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न ,आर्थिक संकट समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउने

    605   पटक पढिएको

११ चैत/अर्थ र व्यापार – ललितपुर चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सो साधारण सभाको उदघाटन उप प्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गरेका हुन ।
साधरण सभा उद्घाटन कार्यक्रममा उपप्रधान मन्त्री श्रेष्ठले अहिले देशमा देखिएको आर्थिक संकटलाई जतिसक्दो छिटो समाधान गर्न सरकारले आगामी दुई/तीन दिन भित्रमा ठोस् कार्यक्रम अघि सार्न लागेको जानकारी दिए ।
सरकारको प्रमुख उदेश्य देशलाई कसरी समृद्ध बनाउने भन्ने तिर नै भएको बताउँदै उनले सामाजिक न्यायका लागि पनि जनताले अनुभुती गर्नेगरि अहिले देशमा देखिएका समस्या समाधान गर्दै अघि बढनुपर्ने आवश्यकतामा जोड दिए ।
‘चेम्बर अफ कमर्स लगायत उद्योगी व्यवसायी, अर्थविदका कुरा हामीले सुनिरहेका छौ देखेका छौँ । अहिलेको समस्यालाई सरकारले गम्भिरतापुर्वक लिएको छ । यि समस्या समाधानका गर्न सरकार प्रतिबद्ध रहेकाले आगामी दुई÷तीनदिन भित्रमै ठोस् कार्यक्रम अघि सार्ने तयारीमा छौँ’ श्रेष्ठले भने ।
उनले आगामी दुई दिनभित्रमा मन्त्रिपरिषदले पनि पूर्णता पाउने दाबी गरे । उनले अर्थतन्त्र गम्भीर अवस्थामा रहेकाले अब सरकारको सकारात्मक हस्तक्षेप आवश्यक भएको बताए ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ललितपुरको कला र संस्कृतिलाई प्रबर्धन गर्न निर्यात र बजारीकरणको आवस्यकता औल्याउँदै पुर्खौली व्यवसायलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
हाल निर्यात भन्दा आयात ९ गुणाले बढीरहेको अवस्थाबारे अवगत गराउँदै चेम्बरका अध्यक्ष मल्लले सरकारको ढुकुटी खुम्चिएको अवस्थामा आत्मनिर्भर बन्न विदेशी डलर आर्जन तथा संचितीमा योगदान पुग्ने गरि काम गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।
उनले एकै चोटी बैंक व्याजमा भएको बृद्धिले व्यवसाय क्षेत्र समस्यामा रहेको जानकारि गराउँदै व्याजदर एक अंकको र बेस रेट प्रिमियम २ प्रतिशत भन्दा बढी हुन नहुने बताए।
ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुर चेम्बरको भवन निर्माणकालागि जग्गा उपलब्ध गराउन आग्रह गर्दै स्थानीय कला र संस्कृतिले भरिपूर्ण ललितपुरको विकासमा निजी क्षेत्रबाट हालसम्म भईरहेका भूमिकाबारे जानकारि गराएका थिए । यसैगरि, अध्यक्ष शाक्यले विभिन्न ९ बुँदे प्रस्तावहरु प्रस्तुत गर्दै कोरोना महामारिपछि देखिएको आर्थिक संकट, चर्को बैक व्याजदरको समस्या समाधान, कृषि क्षेत्रको संरक्षण, पर्यटन विकास, कला र संस्कृति प्रवद्र्धन, औद्योगिक ग्राम संचालन, हस्तकलाजन्य सामाग्रीको प्रवद्र्धन, निर्यात र कर व्यवस्था मार्फत सहजीकरण जस्ता व्यवसाय क्षेत्रका समस्याहरुबारे सरकारको ध्यानाकर्षण गर्न चाहेको बताए ।
सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य द्दोय सन्तोष पाण्डे र निरज राई पनि उपस्थित थिए ।
ललितपुर क्षेत्र नम्वर २ बाट निर्वाचित संघिय सभा सदस्य प्रेम महर्जनले हरेक नागरिकले आनन्दपुर्वक जीवनयापन गर्ने चाँहना राख्ने बताउनुहुँदै काम कारवाही, उत्पादनसँग जीवन जोडिने भएकाले हाल देखिएको संकट टार्न पनि खेतीयोग्य जमिनको संरक्षण गर्दै कृषि कर्मलाई बढवा दिनुपर्ने र रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।
यसैगरि, ललितपुर क्षेत्र नम्वर ३ बाट निर्वाचित संघिय सभा सदस्य तोसिमा कार्कीले अर्थतन्त्र खस्कदै गर्दा बजार प्रभावित भएको र लघु बजारको साख पनि गिर्दै गएको सन्दर्भ उल्लेख गर्दै यस्तो अवस्थामा सजकभई कसरी जोगाउने भन्ने अभ्यास हुनुभने सकरात्मक रहेको धारणा राखिन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद कार्कीले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय बस्तुको उपयोग गराउने काममा तीनवटै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिईन ।
त्यसैगरि, प्रदेश सभा सदस्य प्रेमभक्त महर्जनले जग्गा जति बाजो हुने र युवा जति विदेशिनुपर्ने अवस्थालाई रोक्न आवश्यक रहेको बताए । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले विपद लगायतका काममा ललितपुर चेम्बरसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि त्यसरी नै अघि बढने बताए ।
सोही अवसरमा मुक्तिनाथ विकास बैंक, ज्योती पुन्ज सहकारी, थसाङ थकाली, सिन्सियर हर्बल व्युटि पार्लर एण्ड टे««निङ सेण्टर, सम्झना ल्याब, शोभा इन्टरप्राइजेज, पाटन आँखा केयरलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।