logo

दक्षिण एसियाली देशहरूबीच कनेक्टीभीटी र क्षेत्रीय मूल्य श्रृंखलाको विकासका सम्भावनाबारे महासंघमा भयो छलफल

    511   पटक पढिएको


१९ माघ/अर्थ र व्यापार – भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाहरूको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी) र महासंघ बीच भेटवार्ता भएको छ ।
भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छा, महानिर्देशक गोकर्णराज अवस्थी र जेएनयूका वरिष्ठ प्राध्यापक एवं नेपाल सम्बन्धी जानकार महेन्द्र पी. लामाको नेतृत्वमा नेपाल भ्रमणमा आएको निगमको तीन सदस्यीय टोली सहभागी थियो ।
बैठकमा दुुई देश बीचको व्यापार तथा लगानीको पछिल्लो अवस्थाका साथै हालको व्यापार तथा लगानीको अवस्थामा सुधारका विषयमा छलफल भएको थियो ।
नेपाल, भारतको उत्तरपूर्वी क्षेत्र र अन्य दक्षिण एसियाली देशहरू बीच क्षेत्रीय मूल्य श्रृंखलाको विकासका सम्भावनाहरू वारे पनि सो अवसरमा छलफल भएको थियो ।
छलफलमा दुुई देशले प्रयोग गर्दै आएका व्यापारिक नाकाहरूमा रहेका अवरोध, आयात निर्यातलाई थप सहजीकरण गर्न गर्नुपर्ने पहल, लगानी विस्तार तथा निर्यातमा रहेका समस्यामाथि सुुझाव दिन भारतीय टोलीले आग्रह गरेको थियो । आयात÷निर्यात सम्बन्धी नीतिगत समस्या, पूर्वाधार, सिमा सुरक्षा, प्राविधिक तालमेल आदिका विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नेपाल भारत बीच विशिष्टिकृत सम्बन्ध रहेको र आर्थिक विकासको प्रयासमा पनि नेपालले सधै भारतीय सहयोगको अपेक्षा गरेको बताए ।
दुई देश बीचको व्यापारिक नाकाहरुको अवस्था अत्यन्त कमजोर रहेको, चिया, अलैची, अदुवा लगायतका नेपाली कृषि उत्पादनहरु भारतीय व्राण्डको नाउमा विश्व बजारमा जाने गरेकाले यसमा भारतीय पक्षबाट उदारतापूर्वक सहयोग हुनुुपर्ने सुुझाव राखे ।
कृषि उत्पादनको परिक्षणका नाममा गैह्र भंसार अवरोध श्रृजना गरिदा नेपाली निर्यातकर्ताहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको पनि उनले बताए । अहिले भारतले गहुं निर्यातमा प्रतिवन्ध लगाउंदा नेपाली उद्योगहरु समस्या परेको पनि उनले जानकारी गराए।
नाकाहरु अत्यन्त कमजोर रहंदा नेपालको पारवहन÷ढुवानी खर्च अत्यन्त महंगो हुन जांदा भारत सहित तेस्रो मुलुुकका वजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिनाई भएको अध्यक्ष गोल्छाले स्पष्ट पारे ।
नेपाली उत्पादनहरु भारतीय वजारका साथै बंगलादेश लगायत तेस्रो मुलुकमा सहज निकासीमा भारतीय पक्षबाट सहयोग हुनुुपर्ने, निर्यात नाकाहरुको विस्तार तथा स्तरीकरणमा सहयोग हुन सो अवसरमा उनले आग्रह गरे ।
अध्यक्ष गोल्छाले यसअघि जस्तो सुकै अवस्थामा आपसी व्यापार भएपनि अवको समयमा क्षेत्रीय सन्निकटता (कनेक्टिभीटी) लाई विस्तार गर्दै आर्थिक गतिविधि, लगानी प्रवद्र्धन स्मार्ट तरिकाले गर्नुपर्ने सुुझाव दिए ।
आगामी मार्चमा काठमाडौमा नेपाल भारत लगानी सम्मेलन हुने उनले बताए । पूर्वाधार विकासमा ठूलो मात्रामा भारतीय लगानीको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको पनि उनले बताए ।
महासंघले नेपाल, भारत सहित क्षेत्रीय आर्थिक सम्बन्ध विस्तारमा रहेका चुनौती तथा समस्या सम्बन्धमा अध्ययन गरि छिट्टै सुुझाव पेश गर्ने पनि नेडफीको प्रतिनिधिमण्डलाई जानकारी गराए ।
नेडफीले भारतको उत्तरपूर्वी क्षेत्रमा औद्योगिक, पूर्वाधार, कृषि सम्वद्ध परियोजनाहरु स्थापना गर्नका लागि लघु, साना, मझौला र ठूला उद्यमहरुलाई वित्तिय सहायता प्रदान गर्दै आएको र यसमा नेपालसंग पनि कसरी सहकार्य गर्न सकिन्छ भनि अध्ययन गर्न नेपाल भ्रमणमा आएको नेडफीका अध्यक्ष मुर्तीले जानकारी गराए ।
जेएनयूका वरिष्ठ प्राध्यापक लामाले दुर्वै देश बीच रहेका नीतिगत, संरचनागत, पूर्वाधार, कार्य तौरतरिका, प्रविधि आदिमा रहेका असमानतालाई कम गरी आर्थिक विकासका माध्यमबाट आपसी लाभ लिने कार्यमा कसरी संयुक्त रुपमा अगाडि बढ्न सकिन्छ भन्ने अध्ययन गर्न आफूहरु नेपाल भ्रमणमा आएको स्पष्ट पारे ।
आपसी भेटमा महासंघबाट आएका सुुझावहरुलाई आफूहरुले सम्बन्धित निकायमा संवोधन गराउने कार्यमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
उनले हाल कायम रहेका नाकाका अतिरिक्त ताप्लेजुङको चिवा नाका लगायत थप अन्य नयां नाकाहरु खोली आर्थिक गतिविधिलाई थप विस्तार गर्नुपर्ने सुुझाव दिनुु भयो । यसले ताप्लेजुङ, पाथीभरा, सिक्किम सहित त्यस क्षेत्रका अन्य जिल्लाहरुलाई जोड्ने र त्यसबाट ठूलो लाभ उठाउन सकिने धारणा प्राध्यापक लामाले राखेका थिए ।
सो भेटमा महासंघका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछाने, नेडफीका अन्य सदस्यहरूको पनि उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।