logo

अहिलेका कर्मचारीलाई तालिम दिएर राजस्व संकलन नबढ्ने अर्थविद् वाग्लेको दावी

    583   पटक पढिएको


४ माघ/ अर्थ र व्यापार – अर्थशास्त्री स्वर्णिम वाग्लेले अहिलेका बाहलवाला कर्मचारीलाई तालिम दिएरर राजस्व संकलन नबढने दाबी गरेका छन् । अहिलेका कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच बनाउनुभन्दा पनि चार्टर एकाउन्टेन्ट (सीए) हरुलाई हायर गरेर काम गर्ने हो भने राजस्व बढाउन सक्ने उनको धारणा छ ।
नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा अर्थविद् वाग्लेले यस्तो दावी गरेका हुन । सीएहरुलाई कहाँ कहाँ राजस्व चुहावट भएको छ थाहा हुने भन्दै उनले यसले राजस्व बढाउन सहयोग पुग्ने बताए ।
यसैगरि, अर्थविद् वाग्लेले सीएहरुलाई हायर गरेर उनीहरुको क्षमता सदुपयोग गर्न सरकारसँग आग्रह गरे । उनले विश्वभर नै आर्थिक अवस्था शंकुचनतर्फ लागेको बताए ।
नेपालमा बिप्रेषण पछिल्लो पटक बढेका कारण नेपाल डराइहाल्ने अवस्था नरहेको उनको भनाइ छ । बिप्रेषणमा त्यति चाँडो परिवर्तन नआउने उनको भनाइ छ । उनले सरकारले अनुदान सोचेजति उठाउन नसकेको उनले बताए । ५५ अर्ब अपेक्षा गर्दा ५ अर्ब मात्रै उठ्नु चिन्ताको विषय भएको बताए ।
उनले राजस्व र खर्चको असन्तुलन निर्मम रुपमा अघि बढेको बताए । नेपालमा ४ लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलब भत्ता दिँदैमा सकिने गरेको वाग्लेको भनाइ छ । ५३२ रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लिन सामाजिक सुरक्षामा जोडिनेको संख्या पनि निकै रहेको भन्दै वाग्लेले यसमा चासो दिने बेला भएको बताए ।
बजेटको आकार निकै बढेको र यसमा नयाँ सरकारले चासो दिने बेला भएको भन्दै उनले अब सरकारले राजस्व बढाउन र चुहावट रोक्न प्राथमिकता दिनुपर्ने सुझाथ दिए ।
वाग्लेले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक रहेको भन्दै सम्भावना भएका क्षेत्रमा मन्त्रीले ध्यान दिनु पर्ने बताए । नेपाल बिप्रेषणमा धेरै निर्भर भएको र यसबाट तत्काल हटाउन नसकेपनि नेपालले दीर्घकालीन योजना बनाउनु पर्ने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको सम्बन्ध सुधार हुनुपर्ने र सुमधुर हुनुपर्नेमा जोडदिंदै उनले नेपालमा कर्जा घर जग्गा र सेयरमा बढी गएको र अन्तरिक उत्पादनमा नगएको भन्दै यसमा सचेत हुन आग्रह गरे । यसैगरि,उनले उत्पादनमा कर्जा लगाउने कानूनी बाधा छन् भने ती बाधा हटाउन सरकारसँग आग्रह गरे ।
अर्थमन्त्री विष्णु पौडेल सहभागी सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, चेम्बरका बरिष्ठ उपाध्यक्ष कमलेस कुमार अग्रवाल, चेम्बरका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ , पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पनि आ–आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।