logo

क्यूआर कोडबाटै पाँच महिनामा नेपालीले गरे १९ अर्ब ३४ करोड भुक्तानी

    537   पटक पढिएको


२९ पुस/अर्थ र व्यापार– पछिल्लो समयमा नेपालीहरु बिच क्यूआर कोडबाट भुक्तानी गर्ने क्रम बढ्दै गएको छ ।
चालु आथिर्क बर्ष २०७९/८० को वितेका पाँच महिना गत मंसिरमसान्तसम्मको अवधिमा क्यूआर कोडबाट मात्रै नेपालीले १९ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी गरेका हुन् ।
यो रकम गत आवको सोही अवधिको तुलनामा तीन गुणाले बढी हो । गत आवको मंसिर महिनासम्ममा जम्मा ६ अर्ब २८ करोड रुपैयाँ मात्र भुक्तानी भएको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देसको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा यस्तो उल्लेख भएको हो ।
हाल नेपाल राष्ट्र बैकले विद्युतीय भुक्तानी अन्र्तगत क्यूआर कोर्डबाट भुक्तानी गर्न सर्वसाधारणलाई प्रेरित गरेको छ । यस्तो भुक्तानी प्रक्रियामा छुटको समेत व्यवस्था गरिएको छ । मोवाइलबाट नै यस्तो भुक्तानी हुने भएकाले यस प्रति मानिसको आकर्षण बढ्न थालेको हो ।
त्यस्तै, अहिले तरकारी पसल, किराना पसल देखि लिएर ठूला ठूला स्टोरमा समेत क्यूआर कोर्ड भुक्तानी हुन थालेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार समिक्षा अवधिमा क्यूआर कोडबाट ५१ लाख ९ हजार ६३१ पटक भुक्तानी भएको छ । गत आवको सोही अवधिमा भने १६ लाख ४९ हजार ३९७ पटक भुक्तानी भएको तथ्यांकले देखाएको छ ।
यसैगरि, गत कार्तिक महिनासम्ममा भने ४६ लाख १२ हजार ३०७ पटकको कारोबारमा १६ अर्ब १४ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।