logo

कर्जाको औसत ब्याजदर थप बढ्यो

    570   पटक पढिएको


२९ पुस/अर्थ र व्यापार– निक्षेपको ब्याजदरसँगै आधार दर (बेस रेट) बढ्दै जाँदा कर्जाको ब्याजदर थप महँगिएको छ । कात्तिकमा नै कर्जाको भारित औसत ब्याजदर करिब १० वर्षपछिको उच्च विन्दुमा पुगेपनि मंसिरमा थप वृद्धि भएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै गत मंसिरमा कर्जाको भारित औसत ब्याजदर १२.७४ प्रतिशत पुगेको जनाएको छ ।
यसअघि गत कात्तिकमा १२.६५ प्रतिशत रहको कर्जाको भारित औसत मंसिरमा थप बढेको हो । गत मंसिरमा कर्जाको भारित औसत ब्याजदर आर्थिक वर्ष ०६९÷७० को असोज मसान्तपछि कै उच्च हो । गत पुसमा कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत र असोज मसान्तमा १२.९४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
२०७८ सालको मंसिर मसान्तमा कर्जाको भारित औसत ब्याजदर ९.२९ प्रतिशत थियो । निक्षेपको भारित औसत ब्याजदर सँगै बेसरेट पनि बढ्दै जाँदा कर्जाको ब्याजदर पनि बढ्दै गएको छ । २०७८को मंसिरमा निक्षेपको भारित औसत ब्याजदर ६.२४ प्रतिशत रहेकोमा २०७९ मंसिरमा ८.४६ प्रतिशत पुगेको हो ।
यसैगरि, आधार दर (बेस रेट) ८.२५ प्रतिशतबाट बढेर १०.६९ प्रतिशत पुगेको छ । यस्तै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर १२ प्रतिशतको लक्ष्य लिएको थियो । आर्थिक वर्षको ५ महिना सकिंदा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १.६ प्रतिशतले मात्रै विस्तार भएको छ । गत असार मसान्तको तुलनामा मंसिर मसान्तमा आउँदा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ७३ अर्ब ३० करोडले विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।
जबकी गत आर्थिक वर्षको अवधिमा कर्जा ४ खर्ब २३ अर्ब १३ करोड अर्थात १०.४ प्रतिशतले विस्तार भएको छ । वार्षिक बिन्दुगत आधारमा पनि २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्षको ५ महिनामा निक्षेप भने २.२ प्रतिशतले वृद्धि भएको छ । गत असारको तुलनामा मंसिरमा आउँदा निक्षेप १ खर्ब ११ अर्ब १५ करोडले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप १ दशमलब ७ प्रतिशत अर्थात ७८ अर्ब ४४ करोडले वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९ दशमलब ५ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।