logo

राष्ट्र बैंकको नीतिमा निजी क्षेत्रको हस्तक्षेपप्रति गभर्नरको असन्तुष्टी

    749   पटक पढिएको

२८ मंसिर/ अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिमा हस्तक्षेप गर्नुपर्ने माग गरिरहेका निजी क्षेत्रप्रति असन्तुष्टी जनाएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले यस्तो असन्तुष्टी जनाएका हुन ।
उनले यस्तो हस्तक्षेपले कतै पनि नपु¥याउने बताए । विगतको विकृतिले समस्या निम्त्याएको बताउँदै उनले भने, ‘यसलाई निरन्तरता दिएमा भोलि झनै समस्या हुन्छ ।’ बजार र वित्तीय क्षेत्रमा भएको विकृति असहज अवस्थामा सुधार गर्नु हुँदैन भन्दै जाँदा झनै समस्या थपिने उनको भनाई छ ।
उनले राष्ट्र बैंकको हस्तक्षेपकारी भूमिका खोस्दा झन् धेरै समस्या आउने भन्दै त्यसो नगर्न सुझाव दिए । उनले भने, ‘तोक्ने कुरा तोकौंला, लघुवित्तको ब्याजदर १५ तोकेका छौं । बैंकमा पनि तोकौंला । तर त्यसले हामीलाई कहाँ लैजान्छ ?’
उनले हस्तक्षेपले नकारात्मक प्रभाव पर्ने भन्दै त्यसमा निजी क्षेत्रले समीक्षा गर्नुपर्ने बताए । एकातिर सन्तुलन गर्न खोज्दा अर्काेतिर सन्तुलन गुम्ने भन्दै उनले यस्तो विषयलाई सन्तुलन गरेर लैजानु पर्ने बताए । उनले आयात प्रतिबन्ध खुलेको भन्दै उनले नगद मार्जिन समेत क्रमिक खुकुलो बन्दै गएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।