logo

कतारमा कार्यरत नेपाली व्यवसायीले भिन्दै परिचयपत्र पाउने

    674   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार – कतारमा व्यवसाय गर्ने नेपालीले भिन्दै परिचयपत्र पाउने भएका छन् । कतारमा कार्यरत व्यवसायीलाई नेपाल आउ जाउ गर्न सहज होस भनी भिन्दै कार्ड दिने भएको हो ।
नेपाल व्यवसायी संघ कतारको आग्रहमा सरकारले भिन्दै परिचयपत्र दिने निर्णय गरेको हो । यस्तो कार्डको अवधि दुईबर्षको हुनेछ । संघले पनि चारबर्षे परिचयपत्र उपलब्ध गराउन आग्रह गरेको थियो । भिन्दै परिचयपत्र पाएका नेपाली व्यवसायी नेपाल आएर कतार फर्कदा श्रम स्वीकृति गरिरहनु पर्ने छैन ।
उनीहरुले एकैपटक दुईबर्षकालागि राजस्व रकम भुक्तानी गर्ने छन् । यसैगरि, विमानस्थलमा सोही परिचयपत्र पेश गरेकै आधारमा सहजै कतार उड्न सक्ने व्यवस्था यो परिचयपत्र बहाक व्यवसायीले पाउने सो संघले जनाएको ।
संघले तत्कालका लागि ६५ जना कतारमा व्यवसाय गर्दै आएका नेपालीलाई यस्तो परिचयपत्र उपलब्ध गराउन कतार स्थित नेपाली दूतावासलाई सिफारिश गरेको छ । दूतावासले सिफारिश गरिएको व्यक्तिको प्रमाणिकरण गर्नेछ । दूतावासले प्रमाणीकरण गरेको व्यवसायीको नाम वैदेशिक रोजगार विभागमा पठाउने छ ।
सोही आधारमा विभागले व्यवसायीलाई यस्तो परिचयपत्र उपलब्ध गराउने छ । त्यस्तै, विभागले सो परिचयपत्र विमानस्थलको अध्यागमन विभागमा पठाउनेछ ।
यसअघिको व्यवस्था अनुसार कतारमा कार्यरत व्यवसायी नेपाल आउँदा पटकैपिच्छे श्रम स्वीकृति गर्नुपर्ने व्यवस्था थियो । यसैगरि, विमानस्थलमा श्रमिकको लाईनमा बस्नुपर्ने बाध्यता थियो । विमानको विजनेस क्लासको टिकट हुँदा पनि आफनै विमानस्थलमा सो बमोजिमको सुविधा नपाउदा नेपाली व्यवसायी लज्जित हुनुपरेको संघका अध्यक्ष महेन्द्र चौलागाईले बताए ।
संघले लामो समय देखि परिचयपत्र (व्यवसाय कार्ड) प्रदान गर्न आग्रह गदै आएको थियो । कतारमा साढे तीन लाख नेपाली कार्यरत छन् । जसमध्ये २०० नेपालीले कतारमा आफैले लगानी गरी राम्रो व्यवसाय गर्दै आएका छन् ।
कतार सरकारको नीति अनुसार आप्रवासी नागरिकले ४९ प्रतिशत र स्थानिय नागरिकको ५१ प्रतिशत लगानीमा व्यवसाय गर्न पाउने व्यवस्था छ । कतारमा व्यवसाय गर्ने नेपालीमध्ये ९० प्रतिशतले निर्माण क्षेत्रमा लगानी गर्दै आएका छन् भने १० प्रतिशतले रेष्टुरेन्ट क्षेत्रमा लगानी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।