logo

व्यक्तिगत तर्फ विजयकुमार शाह उत्कृष्ट करदाता, सूर्य नेपाल फेरि बन्यो सबैभन्दा धेरै कर तिर्ने करदाता कम्पनी

    790   पटक पढिएको


७ मंसिर/अर्थ र व्यापार – आर्थिक वर्ष २०७७/०७८ मा व्यक्तिगत तर्फबाट विजयकुमार शाह सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेका छन् । जावलाखेल डिस्टिलरीका अध्यक्ष शाह राष्ट्रिय कर दिवस समापनको अवसरमा बुधबार आयोजित कार्यक्रममा मुलुकको सर्वोत्कृष्ट करदाताको रुपमा सम्मानित भएका हुन् ।
आन्तरिक राजस्व विभागले सूर्य नेपाल प्रालिलाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीको रुपमा सम्मान गरेको छ । यसैगरि, नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ ।
त्यसैगरि, औद्योगिक बस्तु निर्याततर्फबाट शिवशक्ति घ्युबाट निर्यात कारोबार गरि धेरै कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । राजेश मेटल प्रालि विशेष उद्योग शीर्षकको आयकरदाताको रुपमा सम्मानित भएको छ ।
ओसीबी फुड्स प्रालि कृषि एवं पशुपन्छी आयकरदाता बनेको छ । छिमेक लघुवित्त सहकारी तथा लघुवित्त आयकरदाता र नबिल बैंक तथा वित्तीय संस्थातर्फको ठूलो आयकरदाताको रुपमा सम्मानित भएको छ ।
बीमा व्यवसायबाट धेरै आयकर दाखिला गर्नेमा नेपाल पुनर्बीमा कम्पनी छ भने स्वास्थ्य तथा शिक्षातर्फ धेरै आयकर तिर्नेमा नोबेल मेडिकल कलेज सम्मानित भएको छ । पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारमा हंसराज हुलाशचन्द प्रालि र चिलिमे हाइड्रोपावरले उर्जामूलक उद्योगको ठूलो आयकरदाता बनेको छ ।
मद्यमस्तरीय करदातामा सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र रेमिटेन्स कम्पनीमा आईएमई लिमिटेड उत्कृष्ट ठहरिएको छ ।
व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिरेर सम्मानित भएका शाह जावलाखेल ग्रु अफ इन्डस्ट्रिजका अध्यक्ष हुन् । यो समूह अन्तर्गत जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनी छ।
यी कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक, रुस्लान भोड्का, बडवाइजर वियर लगायतका मदिरा उत्पादन गर्छन् ।
यसअघि शाह २०७७ सालमा पनि व्यक्तिगततर्फ धेरै कर तिरेर सम्मानित भएका थिए। आयकरतर्फ नेपाल दूरसंचार कम्पनी सबैभन्दा धेरै तिर्ने करदाता बनेको छ। सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने संस्थामा गोर्खा ग्रुअरीले सम्मान पाएको छ।
आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सरकारले बिभिन्न १५ वटा विधामा सम्मान गरेको हो । आन्तरिक राजस्व विभागले आयोजना गरेको समारोहमा सो सम्मान प्रदान गरिएको हो ।
निर्यात विशेषतर्फ शिवशक्ति घ्यू र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एन्ड फुड, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था तथा बैंकतर्फ नबिल बैंक धेरै कर तिर्ने बनेका छन्।
बीमामा नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ हस्पिटल तथा पर्यटनतर्फ मनकामना केबलकार प्रालिले धेरै कर तिर्ने कम्पनीको सम्मान पाएका छन्। वस्तु व्यापारतर्फ हंसराज हुलास प्रालि, ऊर्जातर्फ चिलिमे जलविद्युत, मध्यमस्तरीय करदाताका रुपमा नेपाल स्टक एक्सचेन्जले पनि यो सम्मान पाएका छन्।
आईएमई रेमिट्यान्स कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्ट कम्पनी बनेको छ। उनीहरुलाई अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र विभागका महानिर्देशक रितेशकुमार शाक्याले सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।