logo

केबल अपरेटरलाई प्राधिकरणको पुनः ताकेता,पूर्वाधार प्रयोग गर्न ७ पुसभित्र नवीकरण अनिवार्य

    624   पटक पढिएको

६ मंसिर/अर्थ र व्यापार– नेपाल विद्युत प्राधिकरणले विद्युतीय संरचनाहरु प्रयोग गर्ने टेलिफोन, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई आगामी ७ पुसभित्र नवीकरण गरिसक्न निर्देशन दिएको छ ।
प्राधिकरणका पूर्वाधार सह–प्रयोग सम्झौता नवीकरण गर्न निर्देशन दिएको हो। यस अघिको सूचना अटेर गरेपछि प्राधिकरण पुनः सूचना निकालेर यो निर्देशन दिएको छ। आफ्ना पोलहरु प्रयोग गरेका कम्पनीलाई सम्बन्धित क्षेत्रको प्रादेशिक कार्यालयमा सम्पर्क गरी सम्झौता गर्न÷नवीकरण गर्न बाँकी रहेकाले गरेर हालसम्मको भाडा रकम तिर्न निर्देशन दिएको हो।

तोकिएको समयावधिमा सम्झौता वा सम्झौता नवीकरण नगर्ने कम्पनीलाई नियमानुसार कारबाही गरिने चेतावनी सूचनामा छ । सम्झौता नगरी वा सम्झौता नवीकरण नगरी नयाँ लाइन÷सेवा विस्तार नगर्न÷नगराउन प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणसँग कुन सेवा प्रदायकले के कति पोलहरु प्रयोग गरेका छन् भन्ने तथ्यांक छैन । कम्पनी आफैले स्वघोषणा गरेर तिर्न भनिएको छ । सेवा र प्रदायक कम्पनीले संयुक्त रुपमा टोली बनाएर पहिचान गर्ने समेत योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।