logo

चर्को ब्याजदर वृद्धि विरुद्ध उद्योगी व्यवसायीले आन्दोलन गर्ने

    845   पटक पढिएको


१७ कात्तिक/अर्थ र व्यापार – उद्योगी व्यवसायीहरुले चर्को ब्याजदर वृद्धिको विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन ।
नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको आयोजनामा भोली शुक्रबार माइतिघर मण्डलामा बिहान ११ बजे देखी १२ बजे सम्म शान्तिपूर्ण मौन विरोध प्रदर्शन कार्यक्रम गर्ने भएका हुन ।
हाल बैंक तथा वित्तिय क्षेत्रमा भएका अनुपयुक्त कदमहरु तथा बैंक तथा वित्तिय संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने ब्याजदर वृद्धि विरुद्ध राज्य लाई सचेत गराउन शान्तिपूर्ण मौन विरोध कार्यक्रम राखिएको नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
देसको अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिहरुको विरुद्ध राज्य लाई सचेत गराउन तथा नियामक निकायबाट यी अनुउपयुक्त कदमहरुको यथासक्य चाँडो संवोधन होस भनि ध्यानाकर्षण गराउन विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिएको उनले बताए ।
काठमाडौ उपत्यका भित्रका सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरु तथा वस्तुगत सघंहरुको संयुक्त आव्हानमा भोली शुक्रबार बिहान ११ बजे देखी १२ बजे सम्म काठमाडौको माइतिघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम राखिएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।