logo

खरिद नियमावलीमा रहेको त्रुटि सच्याउन व्यवसायीको माग

    929   पटक पढिएको

७ चैत/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार भेटेर सार्वजनिक खरिद ११औं संसोधित नियमावलीमा रहेको त्रुटि सच्याउन माग गरेको छ । केही प्रावधान निर्माण व्यवसायी मैत्री नभएको भन्दै त्यसलाई संसोधन गर्नुपर्ने माग व्यवसायीको थियो ।
निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेटेर महासंघको भर्खरै सम्पन्न २३औं साधारण सभाबाट पारित भएको २२ बुँदे घोषणा पत्रका निर्णयहरूबारे जानकारी गराउँदै यस्तो माग राखेको हो ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेटेर गत २७ देखि २९ फागुनमा सम्पन्न साधारण सभा तथा अधिवेशन पछि जारी काठमाडौं घोषणा पत्रबारे जानकारी गराएको थियो ।
व्यवसायीको मागपत्र बुझदै प्रधानमन्त्री देउवाले हालै जारी भएको सार्वजनिक खरिद नियमावली साना निर्माण व्यवसायीलाई नै हुनेगरी संसोधन गरेपनि केही त्रुटि रहेको भन्दै संशोधन गरी निर्माण व्यवसाय उद्योगलाई गतिशील बनाउने प्रतिवद्धता व्यक्त गरे । यसैगरि, देउवाले नियमावलीलाई थप संशोधन गर्न सरोकारवालाहरूसँग छलफल गरी महासंघको घोषणा पत्र कार्यान्वयनका लागि आश्वासन दिए ।
लाभग्राही समुदायबाट पाँच करोडसम्मको काम गराउने व्यवस्था हटाई सो व्यवस्थाको सट्टा सम्बन्धित जिल्लाभित्रका निर्माण व्यवसायीले मात्र ५ करोडसम्मको बोलपत्रमा भाग लिन पाउनेगरी व्यवस्था गरिनुपर्ने, क्रेडिट लाइनको व्यवस्था खारेज गरिनुपर्ने लगायतका माग व्यवसायीले अघि सारेका छन् । भेटवार्तामा महासंघ अध्यक्ष सिंहसँगै वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा, उपाध्यक्ष प्रकाश बहादुर सेठी, महासचिव रोशन दाहाल, पूर्व उपाध्यक्ष टेकबहादुर सेठी लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।