logo

निर्माण व्यवसायी महासंघको निर्वाचन जारि , साढे ६ सय मत खस्यो

अध्यक्षका प्रत्यासी सिंह, कोइराला र पाण्डेबीच प्रतिस्पर्धा

    1232   पटक पढिएको


२९ फागुन/अर्थ र व्यपार– आइतबार बिहानदेखि सुरु भएको निर्माण व्यवसायी महासंघको निर्वाचनमा अहिलेसम्म मतदान कार्य जारि रहेको छ । यो समाचार तयार पार्ने बेलासम्ममा करिब साढे ६ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान कार्य दिउँसो ५ः३० बजेसम्म पुरा भईसक्ने महासंघको निर्वाचन समितिले जनाएको छ ।
महासंघको आगामी अध्यक्षकालागि वर्तमान अध्यक्ष रवि सिंह, बिकोई बिल्डर्सका सञ्चालक तथा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइराला,महासंघका वर्तमान बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन ।
आगामी नेतृत्वकालागि अध्यक्षमा आफ्नो समुह बनाएर चुनावी मैदानमा उत्रिएका वर्तमान अध्यक्ष सिंह महादेव खिम्ती निर्माण सेवाका सञ्चालक हुन । उनी पनि नेपाली कांग्रेस निकट व्यवसायी हुन् ।
यसैगरि, अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार पाण्डे ए वर्गको कालिका कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन् । राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेका छोरा पाण्डेले अघिल्लो कार्यकालमा नै अध्यक्षमा दावी गरेका थिए । तर, वर्तमान अध्यक्ष सिंहले अर्को कार्यकालमा सहयोग गर्ने बचत दिएर बरिष्ठ उपाध्यक्षमा समर्थन गरेका थिए ।
गत वर्षदेखि पाण्डे पनि काँग्रेस निकट व्यवसायीकै रुपमा चिनिएका छन । यसपालीको निर्वाचनमा पाण्डेले पनि आफ्नो भिन्दै समुह बनाएर चुनावी मैदानमा उत्र्रिएका हुन ।
त्यसैगरि, ए वर्गकै निर्माण कम्पनी बिकोइ बिल्डर्सका सञ्चालक कोइरालाले भने आफ्नो भिन्दै समुह बनाएका छैनन् ।
यस निर्वाचनमा अध्यक्ष बाहेक अन्य पदहरुमा अध्यक्षका प्रत्यासी सिंहको समुहबाट बरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) एसोसियट उपाध्यक्षमा अच्युतप्रसाद खरेल, १ प्रदेश उपाध्यक्षमा दिपक गौतम, २ प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा पंचराम तामाङ, लुम्विनी प्रदेश उपाध्यक्षमामेघजंग शाह, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का, सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश सेठी रहेका छन ।
यसैगरि महासचिवमा रोशन दाहाल, उपमहासचिव नितिगतमा शिबहरि घिमिरे, उपमहासचिव आन्तरिकमा बालाजु श्रेष्ठ रहेका छन । यसैगरि, कोषाध्यक्षमा अमरबहादुर विष्ट, सह कोषाध्यक्षमा सन्तोष शाह रहेका छन ।
अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार पाण्डेको समुहबाट बरिष्ठ उपाध्यक्षमा लक्ष्मण राना, एसोसियट उपाध्यक्षमा रामजि पन्त, १ प्रदेश उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, बागमती प्रदेशमा बालकृष्ण थापा, गण्डकी प्रदेशमा खेमप्रसाद मल्ल, लुम्विनी प्रदेशमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्नबहादुर खड्का रहेका छन ।
यसैगरि, महासचिवमा बासुदेब उप्रेती, उपमहासचिव नीतिगतमा मंगलबहादुर शाही, उपमहासचिव आन्तरिकमा नरहरि थपलिया, कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सह कोषाध्यक्षमा कविता कटुवाल रहेका छन । सो निर्वाचनमा वर्तमान प्रवक्ता टंक चौलागाइँ महासचिवमा यस्तो समुह भन्दा बाहिरबाटै चुनावी मैदानमा उत्रिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।